Archive Pages Design$type=blogging

विकट बस्तीका जनतालाई सरकारको एक पाकेट चाउचाउ र बिस्कुट

सिडिओ साब ! आकाशबाट देखिन्छ र जनताको दुःख? काभ्रे, वैशाख २३ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ९० प्रतिशतभन्दा बढी घर भत्किएको डाँडापारि...

सिडिओ साब ! आकाशबाट देखिन्छ र जनताको दुःख?

काभ्रे, वैशाख २३
वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ९० प्रतिशतभन्दा बढी घर भत्किएको डाँडापारिका जनताहरुलाई सरकारले राहतको नाममा झारा टार्ने काम गरेको छ ।

भूकम्प गएको एघारौँ दिन बित्दा समेत सरकारले डाँडापारिमा उचित राहतको व्यवस्था गर्न सकिएको छैन । भूकम्प गएको एक साता बित्दा सरकारले केही राहत सामग्री सहित डाँडापारिमा हेलिकप्टर पठाएको थियो । सरकारले पठाएको हेलिकप्टर डाँडापारिका गाविसहरुमा ल्याण्ड भएको थियो ।



“हेलिकप्टर त दुई पटक आयो र हाम्रो गाउँको चउरमा ल्याण्ड भयो, मैले त त्रिपाल र खाद्यान्न पुग्ने गरी ल्यायो होला भन्ने सोँचेको थिए,” डाँडापारि डाँडागाउँ गाविसमा अवस्थित कुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक होमबहादुर वाइवाले भने, ‘सरकारले आप्mनो जिम्मेवारी मात्रै पो पूरा गरेछ त ।’ डाँडापारीमा पुगेको हेलिकप्टरले केही बोरा चिउरासँगै केही बाकस चाउचाउ र बिस्कुट लिएर गएको थियो । सरकारले राहत स्वरुप लिएर गएको चिउरा, चाउचाउ र बिस्कुट वास्तविक पीडितसम्म समेत नपुगेको बुझिएको छ ।

सर्वदलीय बैठकले निर्णय गरी बाँडफाँड गर्नुपर्छ भन्ने सोचेको थिए एमाओवादी डाँडागाउँका प्रतिनिधीले भने चउरमा जम्मा भएकाहरुलाई बाँड्दैमा सकिएछ सरकारको राहत । सरकारले डाँडापारीमा आप्mनो जिम्मेवारी पूरा गर्न मात्र हेलिकप्टर चार्टर गरी राहतको नाममा केही सामान पु¥याएको राजनैतिक दलको आरोप छ ।

“देख्दै देखेन सरकारले भन्नुभन्दा त देखे जस्तो गरे सरकारले भन्नु नै राम्रो हो नि,” डाँडापारीस्थित फलामेटार गाविसका बलराम थिङले भने सरकारले व्यवहार देख्दा आपैmँलाई लाज लागेर आउँछ । उनले सरकार बलियो भएर मात्र डाँडापारीको अनुहार हेर्न आउन आग्रह गरे । केही दिन अघि सरकारले डाँडापारीका दश गाविस मध्ये डाँडागाउँ गाविसमा ४० वटा त्रिपाल, १० बोरा चिउरा र १० बाकस चाउचाउ, बिस्कुट, घर्तिछापमा ६० वटा, वनखुमा ४०, फोक्सिन्टार २०, ताल्ढुंगामा ५०, मिल्चेमा ४०, साल्धारामा ४०, फलामेटारमा ६० वटा त्रिपाल झारेका थिए । तर यी सबै गाविसमा ५०० वटा भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त बनेका छन् ।

सिडिओ साब ! आकाशबाट कहाँ देखिन्छ र ?
डाँडापारी क्षेत्रका गाविस सचिवले तयार गरेको तथ्याङ्कलाई हेर्ने हो भने डाँडापारिका करिब ९० प्रतिशत घरमा क्षति पुगेको छ । उनीहरुको अनुसार सबै घर भत्केको नभए पनि भित्र गएर हेर्दा घर पूर्ण रुपमा धरापमा छन् भने कतिपय घरको भग्नावशेष मात्रै बाँकी छन् । तर काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले भने डाँडापारिका गाविसका घरहरुमा धेरै क्षति नपुगेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी ढकाल केही दिन अघि हेलिकप्टरमा डाँडापारी पुगेका थिए । 

डाँडापारी पुगेको हेलिकप्टरले डाँडागाउँ र गोकुले र वनखुबाहेक अन्य गाविसमा माथिबाटै सामान झारेको थियो भने ढकालले माथिबाटै ती गाविसहरुको अवलोकन गरेका थिए । ढकालले जिल्लाका राजनैतिक दललाई डाँडापारीका घरहरुमा धेरै क्षति नपुगेको बताउँदा डाँडापारीबासी भने आक्रोशित बनेका छन् । उनीहरुले ‘सिडिओ साबलाई गाउँका घर घरमा पसेर र घुमेर मात्रै’ बोल्न आग्रह गरे । उनीहरुले सिडिओ साबलाई आकाशमा उडेर हेरेर मात्रै क्षति थाहा नहुने समेत प्रतिक्रिया दिएका छन् ।

यसो गरे छिट्टो राहत पुग्ला डाँडापारिका गाविसमा
महाभुकम्प गएको एघार दिन बित्दा समेत देखे जस्तो मात्रै गरी जिम्मेवारीबाट पन्छिन खोजेका सरकारले डाँडापारिमा हेलिकप्टरबाट बाहेक राहत पु¥याउन सक्ने उपाय नै देखेका छैनन् । तर, सदरमुकाम धुलिखेलबाट डाँडापारिसम्म राहत पु¥याउन सकिने थुप्रै सहज किसिमका उपायहरु रहेका छन् । राहत ओइरो लागिरहेको बेला डाँडापारीबासी भने गाँस, बाँस र कपास मागिरहेका छन् । डाँडापारिमा हेलिकप्टर चार्टर गरेर राहत सामग्री पठाउनुको सट्टा यातायातको साधनबाटै राहत सामग्री पठाउनु नै उपयुक्त विकल्प देखिएकोछ । 

यसरी राहत सामग्री पु¥याएमा कम शुल्कमा छिट्टै जनताले राहत प्राप्त गर्न सक्छन् । त्यसैगरी डाँडापारिकै साल्मेचाकल, मिल्चे, साल्धारा लगायतका गाविसका लागि मकवानपुर जिल्लाको भोर्लेनीसम्म र यता घर्तिछाप, वनखु, फोक्सिन्टारसम्म भोर्लेनीबाट घर्तिछापसम्म राहत सामग्री पु¥याएमा वास्तविक पीडित र डाँडापारिका जनताले छिटो राहत सामग्री पाउने छन् ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: विकट बस्तीका जनतालाई सरकारको एक पाकेट चाउचाउ र बिस्कुट
विकट बस्तीका जनतालाई सरकारको एक पाकेट चाउचाउ र बिस्कुट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzwBLHKVhWIT_WGRYgX27QN5q_FN_V9iMzPNgWMytVGBa3C98NSJasfUy68T4sowVdlNpxvUt0n3I73cjZ1xbbH2mQQXlvuok1ErdaCHMSfDg618OkFGd7SslLUxUqKEeU0uWU-C_mL1ZI/s1600/indian-army-helicopter.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzwBLHKVhWIT_WGRYgX27QN5q_FN_V9iMzPNgWMytVGBa3C98NSJasfUy68T4sowVdlNpxvUt0n3I73cjZ1xbbH2mQQXlvuok1ErdaCHMSfDg618OkFGd7SslLUxUqKEeU0uWU-C_mL1ZI/s72-c/indian-army-helicopter.jpg
Kantipunj
http://kantipunj.blogspot.com/2015/05/blog-post_40.html
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_40.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago