Archive Pages Design$type=blogging

ग्राण्डी अस्पतालले चन्दा उठाएपछि सरकार झस्कियो

काठमाडौं,  वैशाख २०   भूकम्पको निहुँमा उठाइने रकम राष्ट्र बैंकले तान्ने नेपाल सरकारले भूकम्प पीडितहरुको निशुल्क उपचार गर्न सरकारी एवं निजी अ...

काठमाडौं,  वैशाख २०  
भूकम्पको निहुँमा उठाइने रकम राष्ट्र बैंकले तान्ने
नेपाल सरकारले भूकम्प पीडितहरुको निशुल्क उपचार गर्न सरकारी एवं निजी अस्पतालहरुलाई निर्देशन दिएको छ । तर, सरकारी निर्देशनको विपरीत काठमाडौंको धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले चन्दाका लागि सार्वजनिक आह्वान गरेको छ ।

सरकारले निशुल्क उपचार गर्न भनेका बेला ग्रान्डी अस्पतालले चन्दाका लागि सार्वजनिक आह्वान गर्‍यो,’ अर्थमन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने,’यही कारणले गर्दा मन्त्रिपरिषद बैठकले संघसंस्थाबाट खोलिएको खाता राष्ट्र बैंकमार्फत् ‘इयरमार्क’ गर्ने निर्णय गरेको हो ।

भूकम्पको निहूँ गरेर बिरामीको संख्या देखाउँदै त्यसै पैसा जम्मा गर्नु अस्पतालको बेइमानी भएको मन्त्रालय स्रोतको तर्क छ । ‘सरकारले निशुल्क भनेपछि त्यसरी बिरामीलाई देखाएर चन्दा माग्नु आर्थिक बेइमानी हो, स्रोतले भन्यो, ‘यस्तै कार्यले गर्दा सरकार झस्किएको हो ।’

ग्राण्डी अस्पतालले भूकम्प पीडितका लागि खर्च गर्ने भन्दै सार्वजनिकरुपमा चन्दा दिन आग्रह गरेको छ । यसबा लागि एभरेष्ट बैंकको न्युरोड शाखामा ००२००१०५२००४५१ नम्बरको खाता खोलिएको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र सीइओ सफिक मोहम्मदले जनाएका छन् ।

पाण्डे र सफिकले गरेको डोनेसन आह्वानमा आफ्नो अस्पतालमा ३ सय भूकम्प पीडितहरुले अस्पतालभित्र र बाहिर बसेर उपचार सेवा लिइरहेको र अस्पताललाई खानेकुरा, पानी, ब्लाङ्केट र टेण्टको आवश्यकता परेकोले डोनेशन गर्न आग्रह गरिएको छ ।

अस्पताललाई भूकम्पले कुनै क्षति नपुर्‍याएको र ढुक्कसँगले उपचार गर्न आउन अस्पतालले सबैमा आग्रहसमेत गरेको छ ।

ग्राण्डी अस्पतालले भूकम्प पीडितलाई देखाएर खोलेको यो खातामा जम्मा हुने कुनै पनि सहयोग रकम राष्ट्र बैंकले ‘इयरमार्क’ गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको खातामा तान्ने अर्थ मन्त्रालयले जनाएको छ ।



COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: ग्राण्डी अस्पतालले चन्दा उठाएपछि सरकार झस्कियो
ग्राण्डी अस्पतालले चन्दा उठाएपछि सरकार झस्कियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLQHd7buUhDlRP4zbZuC0RbphWfyCKMy5V7_Sw64531S3yFfh-oTxEr5ROxLL-Fz-eB691KUeryOwT3hgxajD81h7OXTyBGVLtDWTvzECnMxFZ-eZ_1fNMRqaN1JdqGC6LLBFZRxhBhgLR/s1600/Grande-International-Hospit.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiLQHd7buUhDlRP4zbZuC0RbphWfyCKMy5V7_Sw64531S3yFfh-oTxEr5ROxLL-Fz-eB691KUeryOwT3hgxajD81h7OXTyBGVLtDWTvzECnMxFZ-eZ_1fNMRqaN1JdqGC6LLBFZRxhBhgLR/s72-c/Grande-International-Hospit.jpg
Kantipunj
http://kantipunj.blogspot.com/2015/05/blog-post_852.html
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_852.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago