Archive Pages Design$type=blogging

८५ प्रतिशत पास नगराउने शिक्षकको २ ग्रेड घटुवा :-

काठमाडौं, असार ९ - सरकारले सम्बन्धित विषयमा पछिल्लो तीन वर्षसम्म ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण नगराउने विषय शिक्षकको दुई ग्रेड घटुवा गर्ने ...


काठमाडौं, असार ९ - सरकारले सम्बन्धित विषयमा पछिल्लो तीन वर्षसम्म ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण नगराउने विषय शिक्षकको दुई ग्रेड घटुवा गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णय गरेर शिक्षा विभागले यसपालीदेखि यस्तो व्यवस्था कार्यान्वयन गर्न लागेको हो । नीति माध्यमिक तहका शिक्षक लक्षित छ । तर जिल्लास्तरीय परीक्षा हुने तहका शिक्षकको पनि मूल्यांकन हुनेछ ।

शिक्षा विभागका महानिर्देशक डा लवदेव अवस्थीले शिक्षा नियमावलीमा भएको व्यवस्थालाई यसपालीदेखि कार्यान्वयनमा ल्याएको बताए । 'हामीले शिक्षकलाई यति छाडा बनायौं कि उनीहरु शिक्षण सिकाइ क्रियाकलापमा भन्दा अन्त धेरै ध्यान दिन थाले, उनीहरुलाई नियमन गर्न नसक्नुमा हामी पनि दोषी छौं', उनले कान्तिपुरसित भने, 'राज्यले अबौं रुपैया शिक्षकको तलब सुविधामा खर्चेको छ । त्यसको नतिजा सधै निराशाजनक देखिन्छ । शिक्षकको नियमन गर्नु पर्ने विभागजस्तो निकायले केही नगर्दा शिक्षकको मनोमानी बढेको छ । यो त्यसलाई नियन्त्रण गर्ने थालनी हो ।'

पछिल्लो ३ वर्षको एसएलसी र कक्षा ८ को जिल्लस्तरीय परीक्षाको विषयगत नतिजा विश्लेषण गरेर नीति कडाइका साथ कार्यान्वयन भए निम्न माध्यमिक र माध्यमिक तहका आधाजसो शिक्षक कारबाहीको भागी हुनेछन् । देशभर करिब १ लाख ९ हजार स्थायी शिक्षक छन् । त्यसबाहेक सरकारी तलब खाने १६ थरी शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् । सरकारी तलब खाने कुल शिक्षक संख्या करिब २ लाख छ । कुलबजेटमध्ये ७० प्रतिशतभन्दा बढी पैसा शिक्षक तलबमा खर्च हुन्छ । गत वर्षको ६३ अर्ब बजेटमध्ये ४३ अर्ब शिक्षक तलबमा खर्च भएकेा थियो । यसमध्ये निमावि र माध्यमिक तहका शिक्षक तलबमा १२ अर्ब लागेको थियो ।

शिक्षा नियमावलीले पनि शिक्षकले कमजोर प्रदर्शन गरे कारबाही गर्ने उल्ले गरेको छ । नियमावलीको परिच्छे १७को ९४ -म)मा 'कुनै शिक्षकले अध्यापन गरेकेा विषयमा लगातार तीन वर्षसम्म १५ प्रतिशतभन्दा बढी विद्यार्थी असफल भए वा कुनै शिक्षकले लापरबाही वा अनुशासनहीन काम गरेमा त्यस्तो शिक्षकको दुई वर्षसम्मको तलब वृद्धि रोक्का गर्ने' उल्लेख छ । विभागले यही कानुनलाई आधार बनाएर शिक्षकको निगरानी सुरु गरेको हो ।

त्यस्ता शिक्षकको अभिलेख उतार्न जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिइएको छ । 'शिक्षा कार्यालयले विषयगत प्रगति विवरण अभिलेख राख्नेछन् । त्यही आधारमा राम्रो गर्नेलाई प्रोत्साहन र निरन्तर कमजोर प्रदर्शन गर्ने शिक्षकको ग्रेड अभिलेखमा जनाउ हुने गरी घटुवा गरिनेछ,' अवस्थीले भने, 'राज्यको तलब सुविधा लिएपछि शिक्षकले आफूलाई शिक्षककै रुपमा प्रस्तुत गरेर कक्षाको शिक्षण सिकाइमा सहभागी होउन् भनने हाम्रो अपेक्षा हो ।'

यसअघि शिक्षा मन्त्रालयले राजनीतिक दलको सदस्य नबन्न र शिक्षणबाहेक कुनै पनि पेशा व्यवसायमा नलाग्न निर्देशन दिएको थियो । शिक्षकका संघ संगठनले भने शिक्षकलाईमात्रै दोष दिएर राज्य दायित्वबाट पन्छिन खोजेकेा भन्दै सरकारी निर्णयकेा आलोचना गरेका छन् । सर्क टिचर्स फेडेरेशनका उपाध्यक्ष बाबुराम अधिकारीले उत्तीर्ण वा अनुतीर्णलाई हेरेर शिक्षकको मूल्यांकन र सजाय गर्ने नीतिले शिक्षाको सुधारभन्दा विगार गर्ने बताए । 'शिक्षक जम्माजम्मी ५ घण्टा विद्यार्थीसित हुन्छ, अंशगत दोष त होला तर शिक्षकमात्रै विद्यार्थी फेलको कारण मान्नु सरासर गलत हो', उनले भने, 'शिक्षा मन्त्रालय, नीत निर्माता त्यसका मूल दोषी हुन् ।'

नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माका अनुसार धेरैजसो शिक्षक सरकारको ग्रेडमै नपरेका अस्थायी, निजी स्रोत, पिसिएफ, राहतका रुपमा काम गरिरहेकाले कारबाहीले नगन्यलाईमात्रै प्रभाव पर्नेछ । 'जसलाई ग्रेडनै दिएको छैन उसलाई सरकारले के कारबाही गर्छ ?', उनले भने, 'राज्य विषयगत शिक्षक दिदैन, दरबन्दी मिलान गर्दैन, बेला पाठ्यपुस्तक पुर्‍याउदैन, भौतिक संरचना गतिलो बनाउदैन । तर दोष शिक्षकलाई दिएर पन्छिन खोज्छ ।'

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: ८५ प्रतिशत पास नगराउने शिक्षकको २ ग्रेड घटुवा :-
८५ प्रतिशत पास नगराउने शिक्षकको २ ग्रेड घटुवा :-
Kantipunj
https://kantipunj.blogspot.com/2013/06/blog-post.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2013/06/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago