Archive Pages Design$type=blogging

भूकम्पमा परी ५७ पर्यटकको मृत्यू, ५२ जना घाइते (सूचीसहित)

काठमाडौं, वैशाख २० गत शनिबार गएको विनाशकारी महाभूकम्पमा परेर विभिन्न देशका ५७ जना पर्यटकले ज्यान गुमाएका छन । यो आइतबार साँझसम्म प्राप्त तथ्...

काठमाडौं, वैशाख २०
गत शनिबार गएको विनाशकारी महाभूकम्पमा परेर विभिन्न देशका ५७ जना पर्यटकले ज्यान गुमाएका छन । यो आइतबार साँझसम्म प्राप्त तथ्यांक हो ।



मृतक पर्यटकमध्ये ३२ जना पुरुष रहेका छन भने २५ जना महिला रहेका छन् । उनीहरुको सगरमाथा बेसक्याम्प, खुम्बु, लाङटाङ लगायतका विभिन्न स्थानमा भूकम्पमा परी मृत्यू भएको हो ।

सगरमाथा बेसक्याम्पमा हिमपहिरो गएर ४ जना आरोहीको मृत्यू भएको थियो । त्यतिबेला १८ जना नेपाली गाइड परेका थिए ।

पर्यटक सूचना समन्वय केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्यांकमा ५२ जना पर्यटक भूकम्पमा परी घाइते भएका छन् । जसमध्ये २४ जना पुरुष रहेका छन भने २२ जना महिला रहेका छन् । लिंग पहिचान हुन नसकेका घाइतेको संख्या ६ रहेको छ ।

आइतबार साँझसम्मको तथ्यांकअनुसार महाभूकम्पको प्रत्यक्ष १०९ जना विदेशी पर्यटक परेका छन् । अझै तथ्यांक संकलन गर्ने क्रम जारी रहेको हुँदा थपिने सम्भावना पनि बढी नै रहेको छ ।

भूकम्प आएपछि विभिन्न क्षेत्रमा १०९ जना पर्यटक हराइरहेको केन्द्रले जनाएको छ । उनीहरु अहिलेसम्म कसैको पनि सम्पर्कमा आएका छैनन् ।

हराउने पर्यटकमध्ये ३५ जना पुरुष रहेका छन भने ३१ जना महिला रहेका छन् । महिला पुरुष थाहा हुन नसकेका ४३ जना रहेका छन् । यी पर्यटकहरुको खोजी कार्य जारी रहेको पर्यटन बोर्डका मिडिया कन्सल्ट्यान्ट शरद प्रधानले जानकारी दिए ।

केन्द्रले सार्वजनिक गरेको संख्याभन्दा निकै धेरै विदेशी हराइरहेको विभिन्न मुलुकले बताउँदै आएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु हराइरहेको र १२ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ । अमेरिकाले पनि थुप्रै नागिरक हराएको बताएको छ ।

हराएका विदेशी नागरिकहरूको वास्तविकता खोज्न पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको संयोजकत्वमा शनिबार १२ सदस्यीय ‘पर्यटक सूचना समन्वय केन्द्र’ स्थापना गरिएको थियो । केन्द्रमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुलाई सहभागी गराइएको छ ।

अध्यागमन विभाग, पर्यटन सम्द्ध निकायहरु नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल, नेपाल एशोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्स, नेपाल होटल संघ, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी ईकाइ लगायतका प्रतिनिधिहरुको केन्द्रमा सहभागिता रहेको छ ।

भूकम्पले पर्यटकीय क्षेत्रमा पुर्याएको प्रभावको सन्दर्भमा सूचना व्यवस्थित गरी सहयोग पुर्याउन केन्द्र स्थापना गरिएको हो । केन्द्रले मुलुकभरी रहेका विदेशी पर्यटकहरुको सूचना संकलन गरी पर्यटकहरुको अवस्थाको वारेमा सूचना प्रवाह गर्ने र आवश्यकता अनुसार सम्बन्धित निकायमा उद्दारका लागि अनुरोध गर्नेछ ।

बिदेशी पर्यटकको अवस्थाको वारेमा जानकारी प्राप्त गर्नेलाई सूचना उपलव्ध गराउन प्रहरी निरिक्षक रुकेश तण्डुकारलाई टोल फ्रि नम्बर ११४४ र पर्यटन बोर्डका शरद प्रधानलाई ९८५१०७७३८५ गर्न आग्रह गरिएको छ ।

केन्द्रले आइतबार सार्वजनिक गरेको पर्यटकको अवस्था 




COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भूकम्पमा परी ५७ पर्यटकको मृत्यू, ५२ जना घाइते (सूचीसहित)
भूकम्पमा परी ५७ पर्यटकको मृत्यू, ५२ जना घाइते (सूचीसहित)
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFgsdNa5kEMqfD9IyHL1rX9HP24JjeBt9EuZI-Vqcy4dmvkM7Al_cGJAF5M9Z2xbBnsA_x56Y5-tGcMj7akCuUTja-qse2yORFyn2y4ljN99IStpbmDiEtXRepjCxJimFrDhTpnFCr-eQn/s1600/Sagarmatha-Tourst-Bhukampa-.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFgsdNa5kEMqfD9IyHL1rX9HP24JjeBt9EuZI-Vqcy4dmvkM7Al_cGJAF5M9Z2xbBnsA_x56Y5-tGcMj7akCuUTja-qse2yORFyn2y4ljN99IStpbmDiEtXRepjCxJimFrDhTpnFCr-eQn/s72-c/Sagarmatha-Tourst-Bhukampa-.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_9.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_9.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago