Archive Pages Design$type=blogging

भूकम्प प्रभावित ५ जिल्लामा नमुना पर्यटकीय गाउँ बनाउने घोषणा

३ वैशाख, काठमाडौं । पर्यटन पुनरुत्थानका लागि भूकम्प प्रभावित पाँच जिल्लामा एक/एक वटा नमुना पर्यटक गाउँ बनाइने भएको छ । पर्यटन मन्त्रालयले पा...

३ वैशाख, काठमाडौं । पर्यटन पुनरुत्थानका लागि भूकम्प प्रभावित पाँच जिल्लामा एक/एक वटा नमुना पर्यटक गाउँ बनाइने भएको छ । पर्यटन मन्त्रालयले पाँचवटा पर्यटक गाउँ बनाउने कार्ययोजना राष्ट्रिय योजना आयोगमा प्रस्तुत गरेको छ ।


शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर पर्यटक गाउँ बनाउने तयारी भइरहेको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बताए । भूकम्प प्रभावित जिल्लाहरु गोरखा, धादिङ, सिन्धुपाल्चोक र दोलखामा पर्यटकीय गाउँ बनाउन लागिएको हो ।


‘यी जिल्लामा भूकम्पको प्रभाव नपरेका गाविसलाई पर्यटकीय गाउँ बनाउने योजना छ’ महानिर्देशक गौतमले भने- ‘पर्यटक गाउँका रुपमा विकास गर्न त्यहाँ निजी क्षेत्रलाई अनुदान तथा अन्य सेवा सुविधा उपलब्ध गराउँछौं ।’


यी जिल्लाहरु मुलुकका पर्यटकीय गन्तव्य मानिन्छन् । गोरखा र रसुवा जिल्लामा पर्ने लाङटाङ, गोरखाकै मनास्लु क्षेत्र भूकम्पबाट तहसनहस भएको छ भने सिन्धुपाल्चोक र दोलखा जिल्लाका धेरै पर्यटकीय क्षेत्रहरु प्रभावित भएका छन् । भूकम्पले ध्वस्त भएका पर्यटकीय क्षेत्रको विकल्पका रुपमा नयाँ गन्तव्य विकास गर्न लागिएको हो ।


रसुवाको लाङटाङ, गोरखाको मनस्लु, सिन्धुपाल्चोकको हेलम्बु र दोलखाको गौरिशंकरलाई पर्यटक गाउँका रुपमा विकास गर्न लागेको पर्यटन विभागले जनाएको छ ।


बाँकी प्रभावित जिल्लाहरुमा पनि नमुना पर्यटकीय गाउँ बनाउँदै जाने महानिर्देशक गौतमले बताए । केही पर्यटकीय गन्तव्यहरुमा होमस्टे तयार गरेर पर्यटक आकषिर्त गर्ने योजना बनाइएको छ । भूकम्पले धेरैजसो होटलहरु भत्किएका छन् ।


पर्यटन पुनरुत्थान कोष


पर्यटन पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डबाट बीउ पूँजी १० करोड रुपैयाँ राखेर कोष स्थापना गर्ने विभागका उप-महानिर्देशक रमेश कुमार अधिकारीले बताए । अविलम्ब बैंक खाता खोलेर कोषमा सहयोग पुर्‍याउन विकास साझेदार, शुभ चिन्तक तथा अन्तर्राष्ट्रिय संघ-संस्थालाई आहृवान गर्ने बोर्डको कार्यकारी समितिको बैठकले निर्णय गरिसकेको छ ।


पर्यटन पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारीको साझा संयन्त्रका रुपमा पर्यटन पुनरुत्थान समिति (टीआरसी) गठन गरिएको छ । यो समितिले पर्यटन पुनरुत्थानका लागि मुख्य परामर्श संयन्त्रका रुपमा काम गरिरहेको छ ।


पर्यटनसँग सरोकार राख्ने सरकारी तथा निजी संघ-संस्थाहरु टीआरसीमा सहभागी रहेका छन् । सबै निकायले आ-आफ्नो क्षेत्रमा भूकम्पले पुर्‍याएको क्षति र पुनरुत्थानका लागि उपयूक्त उपायहरु खोजी गर्ने टीआरसीका प्रवक्ता सुमन पाण्डेले बताए ।


ट्रेकिङमा पहिलो प्राथमिकता


भूकम्पले विभिन्न पदयात्रा (ट्रेकिङ) रुटहरु ध्वस्त भएका छन् । यी ट्रेकिङ रुटहरु मर्मत सम्हार गरी सुचारु गर्न सरकार प्रयासरत रहने विभागका उपमहानिर्देशक अधिकारीले दाबी गरे ।


‘प्रमुख ट्रेकिङ रुटहरु ठाउँ-ठाउँमा बिगि्रएका छन्, कतिपय ठाउँमा धेरै बिग्रिएका छन्, कतिपय ठाउँमा थोरै मर्मत गरेर सुचारु गर्न सकिन्छ’ अधिकारीले भने- ‘अलिअलि बिगि्रएको रुट मर्मत गरिन्छ, धेरै बिगि्रएको रुटमा नयाँ बाटो खोलिन्छ ।’


विभिन्न ठाउँमा गरी करिव ३५० किलोमिटर टे्रकिङ रुटमा भूकम्पले क्षति पुर्‍याएको छ । यो खोल्नका लागि करिव ३ करोड रुपैयाँ आवश्यक पर्ने महानिर्देशक गौतमले बताए ।


लाङटाङ र मनास्लु क्षेत्रमा अझै मान्छे पठाउन नसकेको बताउँदै गौतमले यो क्षेत्रमा भएको भौतिक क्षति आंकलन गर्न नसकिएको बताए । राजधानी नजिक रहेको प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र मनास्लुमा धेरै पहिरो गएको छ ।


गाइडबीना ट्रेकिङ जान नपाइने


नेपालका मनास्लु र लाङटाङ क्षेत्र भूकम्पबाट प्रभावित भएपनि खुम्बु र अन्नपूर्ण क्षेत्र सुरक्षित नै रहेका छन् । यो कुरा विदेशी पत्रकार निमन्त्रणा गरेर अन्तर्राष्ट्रिय जगतमा फिँजाउने महानिर्देशक गौतमले बताए ।


भूकम्प प्रभावित क्षेत्रमा जोखिमपूर्ण रहेको हुँदा एक्लै पदयात्रा गर्न स्वीकृति नदिने विभागले योजना बनाएको छ । ‘अब एउटा व्यक्तिलाई पदयात्रा गर्न स्वीकिृत दिँदैनौं, ट्रेकिङका लागि दुई वा सोभन्दा बढीको समूह हुनुपर्छ’ गौतमले भने- ‘हरेक समूहमा एउटा तालिम प्राप्त गाइड अनिवार्य हुनुपर्ने छ ।’


आगामी सिजन ‘मिस’ नहोस् !


भूकम्पले अहिलेको सिजन प्रभावित भएपनि आगामी सेप्टेम्बर देखि सुरु हुने सिजन ‘मिस’ गर्न नहुने टीआरसीका प्रवक्ता पाण्डेले बताए । ‘विदेशमा पनि यस्ता किसिमका विपत्तीहरु हुने गर्छन्, तर उनीहरु छिट्टै पुनरुत्थानमा जुटेर क्षति कम गरेको पाइन्छ’ पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहेका पाण्डेले भने- ‘हामीले पनि विदेशी मुलुकबाट पाठ सिकेर काम गर्नु जरुरी छ ।’


भूकम्प आएपछि भ्रमणमा आउने पर्यटक घटेपनि भोलेन्टियरका रुपमा आउने विदेशीहरु बढेको पाण्डेले बताए । आगामी सिजनमा नियमित भ्रमणमा आउने पर्यटकलाई कम हुन नदिन सरकार निजी क्षेत्र सक्रिय रहनुपर्नेमा उनको जोड थियो ।


नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा इन्टरनेशनले सहयोगी हात बढाउने पाण्डेले बताए । ‘ पाटा इन्टरनेशनलले पर्यटन पुनरुत्थानमा सघाउने बचन दिइसकेको छ, यसका लागि विशेषज्ञ टोली छिट्टै नेपालमा आउँदैछ’ उनले भने- ‘पाटा इन्टरनेशनले विभिन्न देशको पर्यटन पुनरुत्थानमा सहयोग गरेको हुँदा नेपालमा पनि प्रभावकारी भूमिका खेल्ने छ ।’


पर्यटक बढ्ने विश्वास


भूकम्पको धक्का कम भएपछि पर्यटक आगमन बढ्ने विश्वासमा सरकार तथा निजी क्षेत्र रहेको छ । ‘भूकम्प गएको एक हप्ता अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यात्रु नपाएर उडान कटौती गरेका थिए, त्यतिबेला २५/३० जनाभन्दा बढी यात्रु थिएनन्’ गौतमले भने- ‘विस्तारै त्यो संख्या बढेर ६०/७० मा पुगेको थियो, तर मंगलबारको ठूलो धक्काले पुनः घटाइदियो ।’


एयरलाइन्सहरुको यो तथ्यांकबाट भूकम्पको धक्का कम भएपछि विदेशीहरु नेपाल भ्रमणमा आउँछन भन्ने संकेत दिएको गौतमको भनाई छ । हामीले धक्का आउन छाडेको र नेपाल भ्रमणका लागि सुरक्षित रहेको सुचना अन्तर्राष्ट्रिय जगतमा फिँजाउनु जरुरी रहेको छ ।


सम्पदा खुलाउन प्रयत्नशिल


भूकम्पले क्षतिग्रस्त भएका काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदा स्थल, साँस्कृतिक केन्द्र र दरबार क्षेत्रलाई पर्यटकले अवलोकन गर्न पाउने गरी सूचना, सुरक्षा र सुविधाको प्रबन्ध गरी अवलोकनका लागि खुल्ला गर्न प्रयत्नशिल रहेको उपमहानिर्देशक अधिकारीले बताए । यही विषयमा आइतबार पुरातत्व विभागमा सरोकारवाला निकायबीच वैठक समेत भएको थियो ।


भूकम्पबाट ५ सय २१ वटा सम्पदा क्षतिग्रस्त भएका छन् । ठूलो धक्का आएमा ढल्न सक्ने अनगिन्ती सम्पदाहरु रहेका छन् । यी सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण गरी अवलोकनका लागि खुल्ला गर्नका लागि धेरै काम गर्नुपर्ने देखिएको उपमहानिर्देशक अधिकारीले बताए ।


भूकम्प पीडितलाई ५ करोड


पर्यटन बोर्डले भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । वैशाख ३१ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत पीडितलाई खर्च गरिने छ । छिट्टै यो रकम प्रधानमन्त्री सुशील कोइरालामार्फत कोषमा हस्तान्तरण गरिने बताइएको छ ।


प्रोत्साहनका कार्यक्रम जरुरी


पर्यटन पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्ने, निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत दिनुपर्ने, सरकारले लगानउने शुल्कमा सहुलियत प्रदान गर्नेजस्ता विषयमा पर्यटन क्षेत्रका सरोकारवालासँग निरन्तर छलफल तथा परामर्श भइरहेको छ ।


यसका लागि निजी क्षेत्रबाट पर्यटकलाई सहुलियत प्रदान गर्ने विषयमा पर्यटन क्षेत्रका छाता संस्थाहरुसँग जेठ ६ गतेसम्म सुझाव माग गरिएको विभागले जनाएको छ ।


पर्यटन बोर्डले असजह परिवेशमा पर्यटक भ्रमणमैत्री परिस्थिती निर्माण गर्न खल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल भइरहेको बताइएको छ । नेपालमा पर्यटकको आगमनलाई क्रमशः वृद्धि गर्न रुची जगाउने र विश्वास बढाउने काममा सञ्चारमाध्यमलाई निरन्तर सूचना दिने काम भइरहेको छ ।


आशन्न कैलाश भ्रमण र आगामी शरद ऋतुलाई लक्षित गर्दै विशेष प्रवर्द्धन योजना तर्जुमा र कार्यान्वयन गर्न बोर्डबाट गृहकार्य सुरु भइसकेको जानकारी दिइएको छ ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भूकम्प प्रभावित ५ जिल्लामा नमुना पर्यटकीय गाउँ बनाउने घोषणा
भूकम्प प्रभावित ५ जिल्लामा नमुना पर्यटकीय गाउँ बनाउने घोषणा
Kantipunj
https://kantipunj.blogspot.com/2014/02/blog-post_98.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2014/02/blog-post_98.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago