Archive Pages Design$type=blogging

होचो ठाउँमा रमणीय हिमताल

सिक्लेस (कास्की) - मुलुकका सबैजसो हिमताल समुद्र सतहको चार हजार मिटरमाथि छन् । यहाँ २५ सय ४६ मिटरकै उचाइमा कपुचे नामको हिमताल छ । अन्नपूर्ण २...

सिक्लेस (कास्की) - मुलुकका सबैजसो हिमताल समुद्र सतहको चार हजार मिटरमाथि छन् । यहाँ २५ सय ४६ मिटरकै उचाइमा कपुचे नामको हिमताल छ । अन्नपूर्ण २ हिमशृंखलाबाट खस्ने हिउँले बनेको यो मुलुककै सबैभन्दा कम उचाइमा रहेको हिमताल हो ।

बाटोको असुविधाका कारण यो तालमा न पर्यटक पुग्छन्, न त पर्यटन प्रवर्द्धन गर्ने निकायको नजर पुगेको छ । थोरै दुःख खेपेर पदयात्रा गर्न रुचाउनेका लागि सिक्लेसबाट आठ घण्टाको पैदल दूरीमा पर्ने यो तालको विस्तारै आकार बढ्दो छ । नीलो तालमा हिउँका ढिक्काहरू तैरिरहेका देखिन्छन् । बेलाबेला माथिबाट खस्ने हिमपहिरो ठूलो आवाजसाथ यहाँ खस्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअन्तर्गतको वनजंगल छिचोलेर पुगिने यो ताल मादी नदीको मुहान भएको स्थानीय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरुङले बताए । 'म वर्षको दुईपल्टजस्तो तालमा पुग्छु । यहाँ आउन सजिलो बाटो कसरी बनाउने भनेर सोच्छु', उनले भने, 'तर, बाटो खोज्ने र त्यसका लागि लगानी ल्याउन सजिलो छैन ।' पदमार्ग सजिलो बनाउने हो भने हिमतालको यात्रामा रमाउनेका लागि यो ठाउँ गतिलो गन्तव्य बन्ने उनले बताए ।

हिमतालको अवस्थाबारे अध्ययन गर्ने सरकारी निकाय जल तथा मौसम विज्ञान विभागसँग पनि यसको जानकारी अद्यावधिक छैन । 'मैले विभागमा कपुचेका बारेमा बताएपछि केही चासो भएको छ,' हिमाली दिगो भविष्य संस्थाका प्रमुख कार्यकारी अधिकृत हुमबहादुर गुरुङले भने, 'हामीले यसको डिटेल सर्भे गर्न सकेमात्रै बाहिरी संसारलाई जानकारी गराउन सक्थ्यौं ।' ५१ वषर्ीय गुरुङ सिक्लेसकै बासिन्दा भए पनि तालको वर्तमान अवस्था अध्ययनका लागि गत सोमबार त्यहाँ पुगेका हुन् । उनले भने, 'म ३६ वर्षपछि यहाँ आइपुगेको हो । पहिले यो निकै सानो आकारमा थियो ।

जल तथा मौसम विज्ञान विभागका निर्देशक ऋषिराम शर्माका अनुसार चार हजार मिटरभन्दा मुनि हिमताल हुनु अनौठो हो । 'यो सुन्दै अचम्म हो । तालको अध्ययन जरुरी छ,' उनले टोलिफोनमा भने, 'हुमकै मार्फत तालबारे सुनियो । हामीले यसको अवस्थितिबारे अनुसन्धान गर्नु जरुरी भन्ने मैले बुझेको छु ।' कुनै हिमतालले जोखिम हुने भएमात्रै सरकारी संयन्त्रले सम्बद्ध क्षेत्रका गैरसरकारी संस्थासँग मिलेर वा आफैं पनि अध्ययन गर्ने भएकाले कपुचेमा ध्यान नपुगेको उनले बताए । 'आकार बढ्ने हिमताल देख्ता रमाइलो मान्नुभन्दा खोजीको विषय हो,' उनले भने, 'यसको दीर्घकालीन गति र प्रभावबारे अध्ययन जरुरी छ ।' उनका अनुसार मुलुकमा एक हजारभन्दा बढी हिमताल छन् । यिनमा जोखिम पहिचान गरिएका २१ वटाको मात्रै अध्ययन र केहीमा जोखिम घटाउन काम गरिएका छन् ।


नेपाली अधिकारीले अध्ययन जरुरी छ भनिरहँदा यहाँ एक जापानी प्राध्यापकले भने कपुचेको अध्ययन र नापजोख गरी फिरिसकेका छन् । सिक्लेसस्थित होटल नमस्तेका सञ्चालक माइला भनिने धन गुरुङका अनुसार फागुन दोस्रो साता यहाँका तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेसनका सहायक प्राध्यापक जिरो कोमोरीले अध्ययन गरेका हुन् । उनी गत असोजमा पनि सिक्लेस आएका थिए । त्यसबेला मादी तर्न नसकेर बीचैबाट फर्केका थिए । 'योपल्ट उनी डुंगा लिएर तालमा दुई घण्टा घुमे,' माइलाले भने, 'उनलाई त्यहाँ पुर्‍याउन गाउँबाट हामी तीन जना गएका थियौं । फिर्दा डुंगा हामीलाई छाडेर गएका छन् ।' कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको भएको हिसाब निकालेको उनले बताए । उनीअघि गत वर्ष अर्का एक जापानी पर्यटक पनि आएका थिए । गाउँलेबाट हिमतालको जानकारी लिए पनि उनी बाटोको असुविधाका कारण तालसम्म पुगेनन् ।

दूरीको हिसाबले पोखराबाट सिक्लेस ३९ किमि र यहाँबाट ताल २५/२६ किलोमिटर मात्रै हुनुपर्ने गुरुङ बताउँछन् । 'एडभेञ्चर टे्रकिङ मन पराउनेका लागि यो एकदमै नजिकको सुन्दर ठाउँ हो,' उनले भने, 'बाटो नभएका कारणमात्रै यसको ख्याति बाहिर पुग्न सकेको छैन ।' यस क्षेत्रबाट अन्नपूर्ण २ र लमजुङ हिमालनजिकैजस्तो देखिन्छ । पदमार्गमा आधा दर्जन हिमनदी पर्छन् । यहाँको जंगल वर्षैभरि चिस्यान रहने भएकाले वनस्पति र वन्यजन्तुबारे अध्ययन पनि सम्बद्ध विद्यार्थीका लागि ठूलो सम्भावनाको भएको उनले बताए ।

गुरुङ भाषामा कपुचेको अर्थ 'हिउँ भत्केर खस्ने समथर भाग' भन्ने बुझिने पार्चा ७ का ७० वषर्ीय आसबहादुर गुरुङले बताए । धार्मिक आस्थासँग जोडिएको भए पनि तालमा पुग्न बाटोको समस्याका कारण यो भएर बग्ने नदीलाई गाउँले वर्षमा एकपटक पुज्ने गरेका छन् । उनले भने, 'बाटो यति अप्ठ्यारो छ कि बलियोबांगोले मात्रै तालसम्म पुग्न सक्छन् ।' सिक्लेसबाट एकोहोरो ६ घण्टाको हिँडाइपछि पुगिने हुगुमा रहेको गोठमा वास बसेर दोस्रो दिन यहाँ पुग्न सकिन्छ ।


COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: होचो ठाउँमा रमणीय हिमताल
होचो ठाउँमा रमणीय हिमताल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ9jsozUzV3-I0cqC2LqkCQTvYAxLYK0kRJiOZ48zBwmBGSyoFOlUCOHv-HLicFyZ8eTPTPi1EHz9Ym918il-L-SRPzG4MkgtgITPra4Kesc42ryCT9vk9WNUJ4qWTAkEPM31imNpcj7EA/s1600/pokhara.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgJ9jsozUzV3-I0cqC2LqkCQTvYAxLYK0kRJiOZ48zBwmBGSyoFOlUCOHv-HLicFyZ8eTPTPi1EHz9Ym918il-L-SRPzG4MkgtgITPra4Kesc42ryCT9vk9WNUJ4qWTAkEPM31imNpcj7EA/s72-c/pokhara.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2014/07/blog-post.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2014/07/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago