Archive Pages Design$type=blogging

मकवानपुर र डडेलधुरामा दुर्घटना, १६ जनाको मृत्यु, ६१ जना घाइते

४ जेठ, डडेलधुरा । मकवानपुर र डडेलधुरामा सोमबार भएका दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्त...

४ जेठ, डडेलधुरा । मकवानपुर र डडेलधुरामा सोमबार भएका दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् ।


पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ३ रमनटारमा सोमबार अपरान्ह अनियन्त्रित भएर पल्टिएको बसलाई ट्रकले ठक्कर दिंदा ९ को मृत्यु भएको हो । बसमा सवार २५ घाइते छन् । घाइतेको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ५ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार दुर्घटनामा चितवन वीरेन्द्रनगरका ५० वर्षीय योखा गुरुङ, भारत चम्पारणका ३० वर्षीय असलम मियाँ र नवलपरासी देवचुलीका २६ वर्षीय मिसल गुरुङको मृत्यु भएको छ । बाँकीको राति अबेरसम्म सनाखत हुन सकेको छैन ।


घटनास्थलमा ६ र उपचार क्रममा ३ को मृत्यु भएको इप्रका मनहरीका निरीक्षक मोहन अधिकारीले वताए । मृतकमध्ये ४ को शव हेटौंडा अस्पतालमा राखिएको छ । बाँकीको शव भरतपुरस्थित पुरानो र नयाँ मेडिकल कलेजमा राखिएको छ । मृतकमध्ये ४ महिला र ५ पुरुष रहेका छन् ।


वीरगन्जवाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३६९६ नम्वरको बस 'ओभरटेक' गर्ने क्रममा पल्टिएको थियो । त्यसलाई नारायणघाटबाट ढुंगा बोकेर हेटौंडा आइरहेको ना४ख ५७६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।


नारायणघाटतर्फ जादै गरेको अगाडीको बसलाई उछिन्ने क्रममा बसको पछाडिको फलामको पट्टा भाँचिएर दाहिनेतर्फ पल्टिंदा ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शी हरिशचन्द्र शाहले वताए । मोडमा 'ओभरटेक' गर्न खोज्दा बसको पट्टा भाँचिएको प्रहरीको दावी छ ।


महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको ना ५ ख १६८५ नम्बर यात्रुबाहक बस धनगढी-डडेलधुरा राजमार्गमा पर्ने गांखेत गाविस ८ गैरा सडकखण्डको मेलखर्क नजिक सोमवार साँझ दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र ३ महिला छन् ।


३६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा लगिएको छ ।


बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । अहिले सम्म ७ जनाको मृत्यु भएको खबर प्राप्त भएको डडेल्धुराका प्रहरी प्रमुख डिएसपि योगेन्द्रबहादुर थापाले बताए । दुर्घटनामा मृत्यु भएका मध्ये ४ जनाको मात्र सनाखत भएको घटनास्थल पुगेका प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा डडेलधुरा जोगबुडाकी राजमती धामी, डडेलधुरा गांखेत गाविस ८ का डम्वर बिक, अपि नगरपालिका ६ दार्चुलाकी परुली धामी र ठेगाना नखुलेका महादेव भट्ट रहेका छन ।


दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: मकवानपुर र डडेलधुरामा दुर्घटना, १६ जनाको मृत्यु, ६१ जना घाइते
मकवानपुर र डडेलधुरामा दुर्घटना, १६ जनाको मृत्यु, ६१ जना घाइते
Kantipunj
https://kantipunj.blogspot.com/2014/12/blog-post.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2014/12/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago