Archive Pages Design$type=blogging

हुँदैछ ‘वेब ठेगाना’को अभाव

विश्वमा इन्टरनेटको विकाश हुँदा ४ अर्ब ३० करोड वटा वेब ठेगानाको लागि ठाउँ सिर्जना गरिएको थियो । अर्थात् ४ अर्ब ३० करोड वेब एड्रेसलाई इन्टरनेट...

विश्वमा इन्टरनेटको विकाश हुँदा ४ अर्ब ३० करोड वटा वेब ठेगानाको लागि ठाउँ सिर्जना गरिएको थियो । अर्थात् ४ अर्ब ३० करोड वेब एड्रेसलाई इन्टरनेटको क्षमताले धान्न सक्थ्यो । वास्तवमा यो संख्या निकै नै धेरै हो । तर सूचना प्रविधिको विकाशससँगै वेबसाइटहरुको संख्यामा यति धेरै वृद्धि भयो की अब इन्टरनेट ठेगानाको कोटा पूरा हुनै लागेको छ ।



उत्तर अमेरिकामा अब केवल ३४ लाख इन्टरनेट ठेगाना मात्र बाँकी छन् र आउँदो गृष्मयाममा यी बाँकी वेब ठेगाना पनि प्रयोगमा आइसकेर सिद्धिनेछन् । वालस्टि्रट जर्नका अनुसार वेब ठेगानाको कोटा सकिनै लागेको यो अवस्थामा अब इन्टरनेट व्यवसायले महंगो नयाँ प्रविधि अबलम्बन गर्नु आवश्यक देखिएको छ । अर्थात् इन्टरनेट प्रोटोकललाई नयाँ संस्करणमा ढाल्नु आवश्यक देखिएको छ । अहिलेसम्म चौथो संस्करण आइपिभी फोरमा रहेको इन्टरनेट प्रोटोकललाई छैटौँ संस्करण अर्थात इन्टरनेट प्रोटोकल (आइपी) भि सिक्स मा रुपान्तरण गर्नु आवश्यक छ । इन्टरनेट इन्जिनियरिङ टास्कफोर्सले सन् १९९८ मै आविष्कार गरेको यो आइपीको नयाँ भर्सनको प्रयोग अब आवश्यक बन्दै गएको छ ।



वास्तवमा आइपी एड्रेस भनेको संख्याहरुको छोटो श्रृंखला हो जहाँ अंकहरुको बीचमा तिनवटा थोप्लो हुन्छन्, जस्तै 194.66.82.11 यसलाई कम्प्युटर र सर्भरले अन्यबाट आफ्नो पहिचान छुट्याउन, अन्य कम्प्युटर तथा सर्भरसँग जोडिनका साथै वेबसाइट लगायतका सूचना पठाउनमा प्रयोग गर्छन् । थोप्लोले छुट्टाएका यी चारवटा अंक समूहको आइपी एड्रेसको एउटा निकै महत्वपूर्ण अर्थ भनेको यसले कतिवटासम्म इन्टरनेट ठेगाना बनाउन सकिन्छ भन्ने सीमा तय गर्छ ।



चार सेटको यो आइपी एड्रेसको संरचनाले ४ अर्ब ३० करोड वेब ठेगानालाई धान्न सक्छ । तर यदि त्यसलाई ६ सेटमा पूराइयो भने त्यसले ३४० अनडेसिलियन अर्थात् ३४० पछि ३६ वटा शुन्ना बराबरको संख्या जति वेब ठेगानालाई धान्न सक्छ । यसको अर्थ पृथ्वीका हरेक परमाणुलाई पनि फरक फरक आइपी ठेगाना दिन सकिन्छ ।



विश्वका कतिपय देशहरु यो आइपीभिसिक्स विधिमा गइसकेका छन् । यसमा प्रयोग हुने वेब ठेगानाहरु केही लामा तथा जटिल हुने भएपनि त्यसले इन्टरनेटमा आउन थालेको संकट निवारण गर्न सक्छ ।



तथापि यसका लागि इन्टरनेट कम्पनीहरुले आइपि भि सिक्स सँग मिल्ने हार्डवेयरहरुमा लगानी गर्नुपर्ने हुन्छ, जुन अलिक महंगो हुन्छ ।-दी इन्डिपेन्डेन्ट

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: हुँदैछ ‘वेब ठेगाना’को अभाव
हुँदैछ ‘वेब ठेगाना’को अभाव
Kantipunj
https://kantipunj.blogspot.com/2015/01/blog-post.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/01/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago