काठमाडौँ, वैशाख १७ भूकम्प प्रभावित जिल्लाका सभासदहरुले राहत तथा उद्धारका कार्यलाई तत्काल प्रभावकारी कार्यन्वयन गर्न भन्दै सिंहदरबार पुगेका ...
काठमाडौँ, वैशाख १७
भूकम्प प्रभावित जिल्लाका सभासदहरुले राहत तथा उद्धारका कार्यलाई तत्काल प्रभावकारी कार्यन्वयन गर्न भन्दै सिंहदरबार पुगेका छन् । आफूहरु भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि खटिनुपर्नेमा सिंहदरबार शक्तिकेन्द्र चहार्नु विडम्बना भएको भन्दै उनीहरु तत्काल राहतका कार्यक्रमलाई एकीकृत र प्रभावकारी रुपमा वितरण गर्न माग गर्दै सिंहदरबार पुगेका हुन् । जनप्रतिनिधि जनतासँग उद्धार र राहतमा जुट्नुपर्ने बेला राहत सामग्रीका लागि सिंहदरबारमा बिहानदेखि बेलुकासम्म ताकेता गरेर बस्नुपर्ने बाध्यताले आफूहरुलाई लज्जित बनाएको सभासदहरुले बताएका छन् ।
गोरखाका सभासद् एवं नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रभावित जिल्लामा जनताको उद्धार र राहतमा खटिनुभन्दा केन्द्रमा त्यसकै नाममा बैठकको झमेलामा पर्नु राम्रो नभएको बताए । राजधानी नजिकैका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा राहत लैजान कठिन भएको त्यस क्षेत्रका सभासद्ले गुनासो गरे । दोलखा क्षेत्र नं २ का सभासद् आनन्दप्रसाद पोखरेलले दोलखाका ८३ हजार घरधुरीमध्ये ५३ हजार घरधुरी भूकम्पबाट प्रभावित भएको जानकारी दिँदै त्यहाँ राहतका सामग्री लैजान कठिन भएको बताए ।
ओखलढुङ्गाका सभासद् रामहरि खतिवडाले भूकम्पले क्षतिग्रस्त ग्रामीण क्षेत्रमा अझै राहतका सामग्री पुग्न नसकेको र पुगेका सदरमुकाम आसपासका गाविसमा पनि राहत वितरण व्यवस्थित र प्रभावकारी नभएको गुनासो गरे ।सिन्धुपाल्चोकका सभासद् अग्निप्रसाद सापकोटाले राहत तथा उद्धारमा सरकारले प्रभावकारिता नदेखाएको गुनासो पोखे । जिल्लाका दुर्गम अति प्रभावित क्षेत्रका जनताले अहिले पनि राहतको महसुस गर्न नसकेको उनले बताए । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तथा वरपरका नुवाकोट, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, कास्कीलगायत जिल्ला भूकम्पबाट बढी प्रभावित भएका छन् ।