Archive Pages Design$type=blogging

औषधि उत्पादक भन्छन्- नआत्तिनुस्, दबाइ प्रशस्तै छ !

काठमाडौँ, वैशाख १७ भूकम्प पीडितलाई आवश्यक पर्ने औषधि मुलुकमा प्रयाप्त मौज्दात रहेको उत्पादकहरुले बताएका छन् । तर, औषधि वितरण प्रणाली अत्यन्त...

काठमाडौँ, वैशाख १७
भूकम्प पीडितलाई आवश्यक पर्ने औषधि मुलुकमा प्रयाप्त मौज्दात रहेको उत्पादकहरुले बताएका छन् । तर, औषधि वितरण प्रणाली अत्यन्तै कमजोर हुँदा पीडितसम्म पुग्न नसकेको उनीहरुको तर्क छ ।

भूकम्प प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र टेन्टको माग उच्च रहेको छ । तर, अहिलेसम्म भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा तीनैथोक सकेको छैन । सरकारको गोदाममा औषधि थन्किएको छ भने उत्पादकहरुसँग पनि पर्याप्त औषधि संचित छ ।
‘भूकम्पबाट आउन सक्ने महामारीका लागि हामीसँग औषधीहरु पर्याप्त छ’ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष प्रदीपमान वैद्यले भने- ‘बरु वितरण प्रणाली चुस्त बनाउनुपर्‍यो ।’

विदेशी डोनरहरुबाट पनि उत्तिकै मात्रामा औषधि नेपाल भित्रिएको छ । भएको औषधिको पनि सही वितरण हुन नसक्दा अकालमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । ग्रामीण क्षेत्रका कतिपय भूकम्प पीडितले अहिलेसम्म सिटामोल समेत पाउन सकेका छैनन् ।

औषधि उत्पादक संघले राजधानीको भृकुटीमण्डमा शिविर खडा गरेर अत्यावश्यक औषधिहरु निःशुल्क वितरण गरिरहेको जनाएको छ । संघले भूकम्प पीडित जिल्लाहरु काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, गोरखा र धादिङ जिल्लामा डाक्टरको टिम पठाएर आवश्यक औषधि पठाइरहेको छ ।

औषधी उत्पादकसँग अत्यावश्यक औषधीहरु संकलन गरेर निःशुल्क वितरण गरिरहेको औषधि शिविर संयोजकसमेत रहेका वैद्यले जानकारी दिए । ‘हामीले कतिपय औषधि निःशुल्क संकलन गरेका छौं भने कतिपय किनेका छौं’ वैद्यले भने- माग उच्च रहेको हुँदा पुर्‍याउन धौधौ भइरहेको छ ।’

संघले अहिलेसम्म १२ क्याम्पका लागि औषधि पठाइसकेको छ । बाँकी जिल्लाबाट माग नआएको बताउँदै वैद्यले डाक्टरको टोली पुगेर औषधि मागेमा उपलब्ध गराउने जानकारी दिए ।

अधिकांश औषधि उत्पादकहरुले निःशुल्क प्रदान गरेका छन् । औषधि संकलन गर्ने क्रम जारी रहेको बताउँदै वैद्यले अझै ३/४ दिन शिविर चल्ने जानकारी दिए ।

भूकम्पका कारण हैजा र इन्फेक्सन बढ्न सक्ने भएकाले धेरै औषधि आवश्यक हुन्छ । तर, नेपाल औषधि व्यवसायी संघले पनि भूकम्पको विषम परिस्थितिमा आवश्यक हुन आउने औषधिहरु प्रयाप्त मौज्दात रहेको जनाएको छ ।

हैजा र इन्फेक्सन देखिन सुरु भए औषधि किनेर भएपनि निःशुल्क वितरण गर्ने वैद्यले बताए । भूकम्प प्रभावित क्षेत्रमा फोहोर बढ्दै गएकाले हैजा र इन्फेक्सन बढ्ने सम्भावना बढी छ ।

भूकम्पमा मरेका जनावरहरु कुहिन थालेका छन्, खुल्ला क्षेत्रमा दिशा-पिसाव भइरहेको छ, अस्वस्थ पानी पिउने सम्भावना बढी छ, शवहरु अलपत्र छन्, रोग सर्ने सम्भावना उत्तिकै छ, जसले हैजाको महामारी निम्त्याउन सक्छ । यसतर्फ सचेत रहन वैद्यले आग्रह गरेका छन् ।

सरकारको गोदाममा औषधि थन्कियो

सरकारको गोदाममा औषधि थन्किएर बसेको सरकारी अधिकारी बताउँछन् । तर, भुकम्प पीडितहरु सिटामोल खान नपाएर छटपटाइरहेका छन् । ‘बरु औषधि बिग्रिएर जाला, गाउँमा लगेर पीडितलाई वितरण गर्दैन सरकार’ ती अधिकारीले भने- ‘सरकारले चाहने हो भने आफुसँग भएको औषधि र नपुग औषधि किनेर सम्पूर्ण पीडितलाई प्रयाप्त मात्रामा उपलब्ध गराउन सक्छ ।’

त्यसो त पछिल्लो समय दातृराष्ट्र, नेपालप्रेमी व्यक्ति तथा स्वदेशी नागरिकहरुले ठूलो मात्रामा आर्थिक सहयोग गरिरहेका छन् । यही आर्थिक सहयोग सदुपयोग गर्न सकेमा पनि प्रयाप्त औषधि तथा खाद्यन्न पीडितसमक्ष पुर्‍याउन सकिन्छ । सरकारले वितरण प्रणाली निकै कमजोर रहेको बताउँछन्, औषधि उत्पादकहरु ।

पैसा देउ, औषधि नदेउ

विदेशी डोनरहरुले औषधिभन्दा आर्थिक सहयोग गर्नुपर्ने बताउँछन् प्रदीपमान वैद्य । विदेशी औषधि नेपालमा दर्ता भएको हुँदैन, क्वालिटी कस्तो छ थाहा हुँदैन, विदेशी भाषामा लेखिएको हुन्छ, लेवल थाहा हुँदैन’ उनले भने- ‘भोलि यो औषधि सेवनबाट नराम्रो रिजल्ट आएमा जवाफदेही को हुन्छ ।’

भूकम्प पीडित र यसबाट आउनसक्ने महामारीलाई आवश्यक सम्पूर्ण औषधिहरु नेपालमै उत्पादन हुन्छ । नेपालमा संसारमै सबैभन्दा सस्तो औषधि पाइने बताउँदै वैद्यले विदेशी डोनरहरुले औषधिको सट्टा पैसा दिएमा त्यति रकममा दोब्बर बढी औषधि खरिद गर्न सकिने ठोकुवा गरे ।

अहिले विदेशबाट आएको औषधि एयरपोर्ट, उनीहरुको नेपालस्थित दूतावास लगायतका ठाउँमा थन्किएर बसेको छ । त्यो औषधिलाई पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन् ।

आवश्यक औषधिहरु

भूकम्पबाट घाइते भएका पीडित तथा यसबाट आउने महामारीका लागि डेढ दर्जन प्रकारका औषधि आवश्यक हुन्छ । वैद्यका अनुसार नेपालमा अहिले जीवनजल, एन्टीजिओटिक्स, जिंक ट्याबलेट र स्लाइन पानी, सिटामल, आइब्रुफेन, मेट्रोनिडाजोल, डिक्लोफेनिक, एन्टीकोल्ड, कफ ट्याबलेट, सिप्रोफेलोक्सिन, एजिस्थ्रोमाइसिन, सेफेक्सिन, नर्मल सलाइन इन्जेक्सन, डेक्स्ट्रोज इन्जेक्सन, डेक्स्ट्रोज सलाइन इन्जेक्सन लगायत आवश्यक हुन्छ ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: औषधि उत्पादक भन्छन्- नआत्तिनुस्, दबाइ प्रशस्तै छ !
औषधि उत्पादक भन्छन्- नआत्तिनुस्, दबाइ प्रशस्तै छ !
Kantipunj
https://kantipunj.blogspot.com/2015/04/blog-post_60.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/04/blog-post_60.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago