Archive Pages Design$type=blogging

संघसंस्थाले संकलन गरेको राहत कब्जा गर्ने सरकारी निर्णय

बैंकमा जम्मा भएको रकम 'इयरमार्क' गरेर लिइने १८ वैशाख, काठमाडौं  भूकम्प पीडितका लागि निजी संघसंस्था र व्यक्तिले खाता खोलेर जम्मा पारे...

बैंकमा जम्मा भएको रकम 'इयरमार्क' गरेर लिइने
१८ वैशाख, काठमाडौं 
भूकम्प पीडितका लागि निजी संघसंस्था र व्यक्तिले खाता खोलेर जम्मा पारेको राहत रकम नेपाल सरकारले कब्जा गर्ने निर्णय गरेको छ । त्यस्तो रकम कुनै बैंकमा जम्मा पारिएको भए सरकारले सोझै आफ्नो खातामा तान्ने निर्णय गरेको छ ।

विहीबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । भूकम्प पीडितका लागि विभिन्न संघ संस्थाले खाता खोलेर राहत संकलन गर्न थालेपछि यसमा सरकारको आँखा लागेको हो । मन्त्रिपरिषद बैठकमा यस्तो प्रस्ताव अर्थमन्त्री डा. रामशरण महतले ल्याएको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

राष्ट्र बैंकले सर्कुलर गर्‍यो

मन्त्रिपरिषदले निजी क्षेत्रको राहत कब्जामा लिने निर्णय गरेसँगै राष्ट्र बैंकले सबै इजाजत प्राप्त बैंकहरुका नाममा सर्कुलर गरिसकेको छ । विभिन्न संघसंस्थाले खाता खोली संकलन गरेको रकम इयरमार्क गरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा मात्र रकमान्तर हुने गरी निर्देशन जारी गरिएको राष्ट्र बैंकको सर्कुलरमा उल्लेख छ ।

राहत संकलनका लागि खाता खोल्ने संघसंस्था र व्यक्तिको विवरण र खाता नम्बर दैनिकरुपमा राष्ट्र बैंकमा पठाउन राष्ट्र बैंकका कार्यकारी निर्देशक मोहनकुमार श्रेष्ठको हस्ताक्षरयुक्त सर्कुलरमा निर्देशन दिइएको छ ।

बैंकको निर्देशन अनुसार अब कुनै पनि संस्थाले खोलेको खातामा जम्मा हुने राहत रकम दैनिकरुपमा सोझै प्रधानमन्त्री दैवी उद्धार कोषमा सर्नेछ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले राष्ट्र बैंकलार्इ यस्तो अधिकार प्रदान गरेको छ । सो दफामा ७९ मा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खाताको नियमन गर्ने अधिकार पूर्ण रुपमा राष्ट्र बैंकलाई हुने उल्लेख छ ।

निजी क्षेत्र असन्तुष्ट
सरकारले निजी क्षेत्रले संकलन गर्ने राहत कब्जा गर्ने निर्णय गरेको भन्दै निजी क्षेत्र एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सरकारी निर्णयप्रति असन्तुष्ट भएका छन् ।

सरकारले आफूसँग रहेको राहत पीडितसमक्ष समयमा नपुर्‍याउने र भएको रकममा पनि भ्रष्टाचार गर्ने भन्दै निजी क्षेत्रले मन्त्रि परिषदको निर्णयको विरोध गरेका छन् ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: संघसंस्थाले संकलन गरेको राहत कब्जा गर्ने सरकारी निर्णय
संघसंस्थाले संकलन गरेको राहत कब्जा गर्ने सरकारी निर्णय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrkP2TjsSCp9zKfA1ylt2NurBetTAHxXLbTM9Wxx_kPdv5A7POo-b0BfJUOrWBZD72EvSuPwi2JKA3xp0OROMtKLGskMCO2E_3-PX7ZO6MEl6cha5xKCYu8z0sUKQDsBwlpSMepW34IdQ/s1600/Nepal-rasta-bank.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrkP2TjsSCp9zKfA1ylt2NurBetTAHxXLbTM9Wxx_kPdv5A7POo-b0BfJUOrWBZD72EvSuPwi2JKA3xp0OROMtKLGskMCO2E_3-PX7ZO6MEl6cha5xKCYu8z0sUKQDsBwlpSMepW34IdQ/s72-c/Nepal-rasta-bank.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/04/blog-post_68.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/04/blog-post_68.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago