Archive Pages Design$type=blogging

शव निकाल्न पनि ‘सोर्सफोर्स

राहतको ओइरो, पीडित भोकभोकै काठमाडौँ, वैशाख १७   राजधानी गोंगबुस्थित साततले घर भूकम्पले भत्कँदा २४ जनाभन्दा बढीले ज्यान गुमाए। अग्लो उक्त भवन...

राहतको ओइरो, पीडित भोकभोकै
काठमाडौँ, वैशाख १७ 
राजधानी गोंगबुस्थित साततले घर भूकम्पले भत्कँदा २४ जनाभन्दा बढीले ज्यान गुमाए। अग्लो उक्त भवन क्षतविक्षत भएपछि त्यहाँ डेरा बस्दै आएका उनीहरूले ज्यान गुमाउनुपर्‍यो। उनीहरूका नातागोता र परिवारका सदस्यहरूको पीडा सोच्नसमेत गाह्रो हुन्छ।

आफन्त गुमाएकाले विपत्तिका कारण जुन पीडा भोग्नुपर्‍यो त्योभन्दा पनि कठिन पीडा क्षतविक्षत भवनबाट शव निकालेर दाहसंस्कार गर्दा बेहोर्नुपर्‍यो। ‘तीन दिनसम्म सरकारले उद्धारका लागि उपलब्ध गराएका सबै नम्बरमा सयांै पटक फोन गर्दा पनि कोही आएनन्', बुहारी गुमाएका भीम विकले अन्नपूर्णसँग भने, ‘चार दिनसम्म पनि न प्रहरी, न सेना, न विदेशबाट आएका उद्धार टोली नै शव निकाल्न नआएपछि पटकपटक मन्त्रीकोमा धाएपछि बल्ल निकाल्न सेनाको टोली आयो।'

उनकै अनुभवमा राजधानीका विभिन्न क्षेत्रमा भूकम्पका कारण मृत्यु भएकाहरूको शव निकाल्नसमेत राजनीतिक र प्रशासनिक पहुँच चाहिन्छ। ‘सोही भवनमा अझै १५÷२० जनाको शव छ, र कसैको सोर्सफोर्स नलगाएकाले अझै उद्धार हुन सकेको छैन', नजिकका पाँचजना नातेदार गुमाएका विकले भने, ‘यस्तो राष्ट्रिय पीडामा समेत सरकारले भनसुन र सोर्सफोर्समा मात्रै काम गर्नु जनतामाथिको ठूलो गैरजिम्मेवारीपन हो।'

महाविपत्तिमा परेका पीडितहरू राहत र उद्धारका लागि नेता र प्रभावशाली मानिसको ढोकामा धाउनुपर्ने बाध्यता आउनु सरकारको गैरजिम्मेवारीपनको चरम नमुना हो।

गोंगबुमा ध्वस्त भवनबाट अझै थुप्रै शव निकाल्न सकिएको छैन। चिनियाँ र भारतीय उद्धार टोली सो क्षेत्रमा खटिए पनि पूर्णरूपमा उद्धार हुन सकेको छैन ।

भक्तपुरलगायतका क्षेत्रमा पनि घरमा पुरिएका शव अझै निकाल्न सकिएको छैन।

पत्रकार तारानाथ दाहाल पनि घाइतेको उद्धार र शव निकाल्न पनि राजनीतीकरण भएको अनुभव सुनाउँछन्। ‘उद्धारको कमान्ड गृह मन्त्रालयले सम्हालेको छ, सबै क्षेत्रमा पूर्ण राजनीतीकरण भएको छ', तीन दिन सिन्धुपाल्चोकको भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका पत्रकार दाहालले भने, ‘स्वतन्त्ररूपमा उद्धार हुन सकेको छैन’, एमालेका नेताहरूले भनेको क्षेत्रमा मात्रै उद्धार कार्य हुने गरेको तीतो अनुभव मैले भोगे।'

पीडित भोकै, राहत विभानस्थलमा 
सरकारले चुस्त र प्रभावकारी संयन्त्र बनाउन नसक्दा भूकम्प पीडितका लागि विभिन्न देशबाट आएको अर्बौंका जिन्सी र नगद राहतको उपयोग गर्न सकेको छैन।

भूकम्पपीडितले चरम खाद्यन्न अभाव खेपिरहेका बेला विभिन्न देशबाट आएको खाद्यन्न त्रिभुवन विमानस्थलको कार्गो कार्यालयमा थन्किएको छ।

सरकारले खाद्यान्नसँगै टेन्ट, कम्मल, सेनेटेरीलगायत पीडित समक्ष पुर्‍याउन सकेको छैन।
गोरखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा र काठमाडौंकै कतिपय स्थानामा पीडितले खान पाएका छैनन्। ‘अधिकांश गाउँमा अहिले यसै पनि खाद्यान्न अभाव हुने समय हो, त्यसमा पनि भूकम्पले भएको खाद्यान्न पनि नष्ट गरेपछि खानाका लागि केही पनि छैन', पत्रकार दाहालले भने, ‘राहत वितरण, घाइतेको उद्धारलगायतका कुनै पनि गतिविधिमा सरकारको उपस्थिति छैन।'

सरकारले विभिन्न मित्रराष्ट्र र संघसंस्थाबाट आएको सहयोग रकम पनि पीडितसमक्ष पुर्‍याउन नसकेको स्वीकार गरेको छ। ‘कतिपय ठाउँमा हामीले प्राप्त रकम पनि पीडितसमक्ष पुर्‍याउन सकेका छैनौं', सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले पत्रकार सम्मेलनमा भने, ‘भौगोलिक कठिनाइ, साधनस्रोतको सीमितताले राहत वितरणमा ढिलाइ भएको हो।'

अहिलेसम्म विदेशी १२ मुलुकहरूले मात्रै एक अर्ब १२ करोड ४० लाख रुपैयाँ नगद र करोडौंको जिन्सी सहयोगस्वरूप उपलब्ध गराइसकेका छन्। ‘संयन्त्र बनाएर कसरी वितरण गर्ने भन्नेमा गृहकार्य भरहेको छ', मन्त्री रिजालले भने, ‘वितरण संयन्त्र नबनेका कारण सामान पीडितसमक्ष पुग्न नसकेको हो।'

भूकम्प पीडितद्वारा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

काठमाडौं (अन्नपूर्ण): महाभूकम्पको पाँचौं दिन घाइते र पीडितहरूको अवस्था बुझ्न निस्केका प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध बुधबार टुँडिखेलमा नाराबाजी भएको छ। टुँडिखेलमा शिविरहरूको भ्रमण गर्ने क्रममा पीडितहरूले राहत नपाएको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए।

प्रधानमन्त्रीले महाभूकम्पमा ज्यान गुमाउनेहरूका परिवारलाई तत्काल एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेका छन्। आवास क्षति भएकालाई पुनर्वास र पुनर्निर्माणका लागि सरकारले तत्काल कार्यक्रम ल्याउने जानकारी पनि उनले दिए।

कोइरालाले अस्पतालमा पुगेर पनि घाइतेसँग भेट, भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण र उद्धारकार्यबारे स्थलगत अवलोकन गरी जानकारी लिए।

उनी घाइतेको निरीक्षण गर्न टिचिङ अस्पताल, सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टर पुगेका थिए। उनले घाइतेको जीवनरक्षाका लागि कुनै कसर नराख्नसमेत चिकित्सकहरूलाई निर्देशन दिए।
कोइरालाले बालुवाटार, महाराजगन्ज, बसुन्धरा, चक्रपथ हुँदै गोंगबु, नयाँ बसपार्क, माछापोखरी, सीतापाइला, त्रिपुरेश्वर र वसन्तपुर क्षेत्र भ्रमण गरी क्षतिको अवलोकन गरे। उनले काठमाडौं दरबार क्षेत्र समेत भ्रमण गरेका थिए।

दुई सय ५२ को पाँच दिनपछि उद्धार 
काठमाडौं: भूकम्पसँगै आएको पहिरोले पुरिएका दुई सय ५२ जनाको रसुवाबाट उद्धार गरिएको छ। सेनाको विशेष टोलीले रसुवाको घोडातबेला क्षेत्रबाट पुरिएका दुई सय ५२ जनालाई जीवितै उद्धार गरेको नेपाल प्रहरीको मध्यक्षेत्र प्रमुख डिआइजी देवेन्द्र सुवेदीले बताए।

सुवेदीका अनुसार उद्धार गरिएकामा विदेशी पर्यटक र स्वदेशी पनि छन्। सेनाको हेलिकोप्टरबाट उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। 

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: शव निकाल्न पनि ‘सोर्सफोर्स
शव निकाल्न पनि ‘सोर्सफोर्स
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjDkK4YBUTfkdtnKjEgTILa91sN_rqkQNcZbpeZIuziG7_ZFHOUng_0sbSENQeh_6ZQrVaYQkOTUONNP3FDMFlnVEu3dQzsBcIxEOYb85toiBAo0bUt9zRX8UjXr9WHDrahaTd3IZ0hvhs/s1600/4.JPG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjDkK4YBUTfkdtnKjEgTILa91sN_rqkQNcZbpeZIuziG7_ZFHOUng_0sbSENQeh_6ZQrVaYQkOTUONNP3FDMFlnVEu3dQzsBcIxEOYb85toiBAo0bUt9zRX8UjXr9WHDrahaTd3IZ0hvhs/s72-c/4.JPG
Kantipunj
https://kantipunj.blogspot.com/2015/04/blog-post_42.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/04/blog-post_42.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago