Archive Pages Design$type=blogging

भूकम्प र मानसिक स्वास्थ्य

३ जेठ, काठमाडौं । नेपाललाई अढाई सातायता भूकम्पले बारम्बार हल्लाइरहेको छ । सबैलाई तनाव दिइरहेको छ । मनोचिकित्सकहरूका अनुसार भूकम्पका कारण त्र...

३ जेठ, काठमाडौं । नेपाललाई अढाई सातायता भूकम्पले बारम्बार हल्लाइरहेको छ । सबैलाई तनाव दिइरहेको छ । मनोचिकित्सकहरूका अनुसार भूकम्पका कारण त्रस्त व्यक्तिहरूमध्ये ३० प्रतिशतजतिमा कुनै न कुनै प्रकारको मनोसामाजिक समस्या हुन सक्छ ।


मनोचिकित्सकहरूको सुझाव छ— त्रस्त मानसिकताबाट जतिसक्दो चाँडो बाहिर निक्लिनुपर्छ । संकटलाई शक्तिमा बदल्नतर्फ लाग्नुपर्छ । सकारात्मक सोच, वास्तविकतालाई त्यही रूपमा स्वीकार गर्ने अभ्यास तथा योग र ध्यानका माध्यमबाट आत्मबल बढाउनतर्फ अग्रसर हुनुपर्छ । भूकम्पबाट आत्तिनुभन्दा पनि यसबाट जोगिने उपाय अवलम्बन गर्नुपर्छ ।


‘भूकम्प अति प्रभावित क्षेत्रका ७० प्रतिशतसम्म जनसंख्या पुन: केही दिनमा सामान्य अवस्थामा फर्किन्छ,’ त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख डा. सरोज ओझा भन्छन्, ‘३० प्रतिशतसम्ममा कुनै न कुनै प्रकारको मनोसामाजिक समस्या देखिन सक्ने सम्भावना प्रबल हुन्छ ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यपत्र अनुसार आपत्कालीन अवस्था र त्यसपछिको समयमा व्यक्तिविशेषमा मानसिक स्वास्थ्य सम्बद्ध विभिन्न समस्या उत्पन्न हुन सक्छन् । संकटको समयमा बालबालिका, किशोरकिशोरी, गर्भवती महिला, कमजोर बूढापाकाहरूसँगै भेदभावका जोखिममा रहेकाहरूलाइ विशेष प्रकारको स्याहार चाहिन्छ ।


आफूलाई सुरक्षित अनुभव गर्ने, शान्त, आशावादी, सबैसँग घुलमिल हुन सक्ने, सामाजिक–शारीरिक र भावनात्मक रूपमा समर्थवान्, विपत्तिपछि आफूलाई सहयोग गर्ने माध्यम पाएका व्यक्तिहरू दीर्घकालीन मानसिक स्वास्थ्य समस्याबाट चाँडो तंग्रिन सक्षम हुने डब्लूएचओले जनाएको छ ।


भूकम्प बारम्बार जानाले पहिल्यैदेखि प्रभावित व्यक्तिहरूमा तनाव उत्पन्न गर्ने कोर्टिसोल लगायतका हार्मोनको स्तरमा वृद्घि भइरहेको छ । यो हार्मोनले मस्तिष्कको संरचनामा असर पार्ने उल्लेख गर्दै पाटन मानसिक अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचन भन्छन्, ‘अहिले प्रभावित व्यक्तिहरूमा कोर्टिसोल हार्मोन निरन्तर रहिरहने अवस्था छ । यसले धेरै मानसिक समस्या निम्त्याउन सक्छ ।’


निरन्तरको भूकम्पीय झड्काका कारण, प्रभाभित व्यक्तिहरूमा वृद्घि हँ‘दै गएको कोर्टिसोलको स्तरलाई घट्न दिँदैन । ‘यसले मस्तिष्कलाई मात्र कमजोर बनाउँदैन, नकारात्मक परिस्थितिसँग जुध्न सहायक भूमिका खेल्ने मस्तिष्कको संरचनालाई कमजोर समेत बनाउँछ,’ डा. शेरचन भन्छन् ।


भूकम्पले उत्पन्न त्रासका कारण हुने मानसिक समस्याले सामान्य व्यक्तिको दाँजोमा जोखिम समूहका व्यक्तिहरूलाई बढी सताउँछ । डा. शेरचनका अनुसार, बालबालिका, महिला, विकलांग, बूढापाका, मानसिक समस्या भएकाहरू, बढी आत्तिने र डराउने, आत्मबल कम भएकाहरू मानसिक समस्या हुन सक्ने जोखिम समूहमा पर्ने गर्छन् । ‘हालको त्रासको वातावरणले गर्दा थोरै प्रतिशत जनसंख्यालाई भविष्यमा मानसिक समस्या देखिन सक्छ,’ उनी भन्छन् ।


डब्लूएचओका अनुसार विपत्को समय टरेपछि केही व्यक्ति नयाँ मानसिक विकारको सिकार हुन्छन् भने अन्य व्यक्तिले मनोवैज्ञानिक पीडाको अनुभव गर्ने गर्छन् । पहिलेदेखि नै मानसिक समस्या भएकाहरूलाई यस्तो अवस्थामा बढी सहयोगको खाँचो हुन्छ ।


हाल त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागमा आउने कुल रोगीमध्ये दिनहुँ‘ करिब २५ जना भूकम्पले गर्दा उत्पन्न मानसिक समस्याको उपचारका लागि आउने गरेका छन् । विज्ञहरूका अनुसार हालको भूकम्पको त्रासले गर्दा व्यक्ति विशेषमा विभिन्न किसिमका तनावको लक्षण देखिन सक्छ । तनावको लक्षण बढ्दै गए उनीहरूले समयमै मनोचिकित्सककहाँ पुग्नु अत्यावश्यक हुन्छ ।


‘तनावको लक्षणअन्तर्गत भावनात्मक, व्यवहारगत परिवर्तन, शारीरिक लक्षणसमेत देखिन सक्छ,’ डा. शेरचन भन्छन्, ‘निद्रा नलाग्नु, खानामा रुचि नहुनु, कुनै कुरामा एकाग्रता नहुनु, छिटो आवेशमा आउनु, रुनु, हडबडाउनु, चिढिनु आदि तनावका लक्षण हुन् । सास फेर्न गाह्रो हुनु, टाउको दुख्नु, रिँगटा लाग्नु, थकाइ लाग्नु पनि तनावकै लक्षण हुन् ।’


तनावको शारीरिक प्रभाव मुख्य रूपले न्युरो एन्डोक्राइनो इम्युनोलजिकल मार्गबाट उत्पन्न हुन्छ । तनावको कारक जुनसुकै प्रकृतिको भए पनि यसप्रति शरीरको प्रतिक्रिया समान हुने गर्छ । तनावले गर्दा व्यवहारगत लक्षणसमेत देखिन सक्छ । यसअन्तर्गत अरू मानिससँगको सम्बन्धमा गडबडी आउने हुन्छ । कतिसम्म भने सकारात्मक सम्बन्ध भएका मान्छेसँगको संगत पनि अरुचिकर लाग्दै जाने हुन्छ ।


‘यस्ता लक्षणहरू निरन्तर देखिए सम्बन्धित व्यक्तिले मनोचिकित्सकसँग सम्पर्क गर्नैपर्ने हुन्छ,’ डा. शेरचन भन्छन्, ‘हालको भूकम्पीय तनावसँग जुध्न ध्यान, पूजापाठ, योग आदि सहायक हुन सक्छ । आफ्नो मुड राम्रो बनाउने कोसिस गर्नुपर्छ । गम्भीर स्थितिमा पुग्नुअगावै तनावबाट उन्मुक्त हुने


प्रयासमा लाग्नुपर्छ । मालिस, खुला हावामा श्वासप्रश्वास पनि तनाव हटाउने लाभदायक उपाय हुन् ।’


तनावका बेला सुर्ती, धूमपान, मद्यपानसहित कुनै पनि किसिमका नशालु पदार्थ खानु हुँदैन । यस्तो पदार्थ खाँदा तनाव कम भएको भ्रम भए पनि शरीरको सन्तुलन बिग्रँदै जान्छ । अनि झन् तनावग्रस्त हुने सम्भावना बढ्छ ।


‘हालको त्रासद स्थितिबाट ध्यान हटाउन आफ्ना परिवारजन, मित्र, आफन्तसँग झन् बढी निकट हुने गर्नुपर्छ,’ मनोसामाजिक परामर्शदाता डा. भोगेन्द्र शर्मा भन्छन्, ‘मिल्ने साथीसँग प्रत्यक्ष वा फोनमा कुरा गर्ने, डायरीमा तनावबारे लेख्ने, राम्रो पुस्तक पढ्ने, मन पर्ने गीत सुन्ने, घरपालुवासँग खेल्ने, कमेडी फिल्म हेर्ने, सम्भव भएसम्म सकारात्मक सोच भएका व्यक्तिसँग समय बिताउँदा नयाँ ऊर्जा प्राप्त हुन्छ । आफ्ना अनुभूतिहरू आपसमा बाँड्दै एकअर्काको मनोबल बढाउने गर्नुपर्छ । यस्तो अभ्यासले तनावको नकारात्मक प्रभावसँग जुध्न तपाईंलाई बलियो बनाउँछ ।’


अनिद्राको कारण डिप्रेसन र नकारात्मक सोच विशेषज्ञहरूका अनुसार, डिप्रेसन र नकारात्मक सोचले गर्दा समेत निद्रा नआउने समस्या देखिन्छ । लामो समयसम्म निद्रामा समस्या देखिए व्यक्ति विशेषलाई मानसिक विकारसँगै थुप्रै रोग हुने सम्भावना बढ्छ । व्यक्ति विशेषको उमेरअनुसार निद्राको आवश्यकता फरकफरक हुन्छ ।


अनिद्राबाट बच्न चाहनेले कुनै पनि किसिमको तनावबाट पनि जोगिने प्रयास गर्नुपर्छ । समयमै सुत्ने गर्नुपर्छ । राति निकैबेर जाग्ने बानीले फाइदा गर्दैन । व्यायाम गर्दा, सुत्ने बेला मोबाइल, कम्प्युटर, टीभी आदिबाट टाढै बस्ने गर्दा पनि निद्रा सजिलै लाग्ने हुन्छ ।


भूकम्पीय त्रास व्याप्त भएको यो समयमा अनिद्राबाट बच्न सकारात्मक सोच राख्ने गर्नुपर्छ । आफूलाई कुनै सार्थक काममा व्यस्त राख्नु, आफ्नो नियन्त्रणमा नरहेको कुनै पनि घटना वा दुर्घटनाको विश्लेषण गरेर त्यसका नकारात्मक असरबाट बच्ने प्रयास गर्ने गरे तनावमा पर्नबाट जोगिन सकिन्छ र निद्रा पनि राम्ररी लाग्न थाल्छ ।


निद्राले मुटु, मस्तिष्कलगायतका आवश्यक अंगलाई आराम पुर्‍याउँछ । राति राम्ररी निदाउन नसके दिउँसो बेलाबेला उँघ्नु पनि फाइदाजनक नै हुन्छ । निद्रा लागोस् भनेर मद्यपानको शरणमा पर्ने गल्ती चाहिँ कदापि गर्नु हुन्न ।


विज्ञहरूका अनुसार, महाभूकम्पपछि प्रभावित क्षेत्रका केही व्यक्तिमा देखिएको अनिद्राको समस्या अल्पकालीन अनिद्रा (सर्ट टर्म इन्सोम्निया) हो । साता/दुई सातादेखि जारी अनिद्राको समस्यालाई अल्पकालीन अनिद्रा भनिन्छ भने महिनौं पुरानो यस्तो समस्यालाई दीर्घकालीन अनिद्रा (क्रोनिक इन्सोम्निया) भनिन्छ ।


उसो त, मानिसको उमेरसँगै निद्राको आवश्यकता र यसको मात्रामा परिवर्तन हुने विशेषज्ञहरू बताउँछन् । जन्मपछि उमेरसँगै मानिस निदाउने अवधि कम हुँदै जान्छ । नवजात शिशु १५ घण्टासम्म सुत्ने गर्छन् भने एक वर्षका बालबालिका १२ घन्टासम्म । यस्तै, एक वर्षदेखि तीन वर्षसम्मका बालबालिका १० घन्टासम्म सुत्ने गर्छन् । किशोरवयमा ८ देखि १० घन्टासम्म निदाउनुपर्ने हुन्छ । यद्यपि हरेक व्यक्तिको निद्राको आवश्यकता र मात्रा अन्यको तुलनामा फरकफरक हुन सक्छ ।


तनावका लक्षण


-निद्रा नलाग्नु


-एकाग्र हुन नसक्नु


-भोक नलाग्नु


-मरणशक्ति कमजोर हुनु


-कार्य क्षमता घट्दै जानु


-रिस चाँडो उठ्नु, चिढिनु


-समाजविरुद्घ व्यवहार गर्नु


-भावनात्मक आवेग बढी हुनु


-हडबडाउने गर्नु


-मद्यपान वा अन्य दुव्र्यसनको बानी बस्नु

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भूकम्प र मानसिक स्वास्थ्य
भूकम्प र मानसिक स्वास्थ्य
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_63.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_63.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago