Archive Pages Design$type=blogging

आठ वर्षमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी !

काठमाडौं, वैशाख २३  आगामी ८ वर्षमा विश्वमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी दिएका छन् । तिव्र गतिको डाटाको माग निकै चुलिँदै गएको र भ...

काठमाडौं, वैशाख २३ 
आगामी ८ वर्षमा विश्वमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी दिएका छन् । तिव्र गतिको डाटाको माग निकै चुलिँदै गएको र भिडियो स्ट्रिमिङ सेवाका साथै बढि शक्तिशाली कम्प्युटरको अत्यधिक प्रयोगका कारण संचार संरचनालाई सिमान्तीकरणमा पूराएको भन्दै वैज्ञहरुले निकट भविष्यमै इन्टरनेटको क्षमता अपुग हुने र त्यसले वेब संकट निम्त्याउने चेतावनी दिएका छन् ।



इन्जिनियर, भौतिकशास्त्री तथा टेलिकम कम्पनीहरुले मानिसका ल्यापटप, ट्याबलेट तथा स्मार्टफोनहरुमा वेब डाटा प्रवाहित गर्ने केवल तथा फाइबर अप्टिक्सको क्षमता छिटै नै चरम विन्दुमा पुग्ने र त्यसपछि विद्यमान संरचनाले थप डाटा बहन गर्न नसक्ने बताएका छन् ।

इन्टरनेट फर्महरुले उपभोक्ताको माग सम्बोधन गर्नकै लागि बढि भन्दा बढि केवल बिछ्याउन बाध्य हुने र त्यसको आर्थिक भार उपभोक्तामै पर्ने विज्ञहरु बताउँछन् ।

यद्यपि वैज्ञानिकहरुले तीब्र इन्टरनेटको माग धान्नका लागि पछिल्लो दशकभित्रमा मात्रै इन्टरनेटको स्पीड ५० गुणाले बढाउन सफल भएका छन् । तर इन्टरनेट स्पीड तथा वैज्ञानिक आविष्कारको तह सिमान्त विन्दुमा पुगिसकेको हुँदा भविष्यमा फाइबर अप्टिक्सले अरु थप डाटा बहन गर्न नसक्ने कतिपय विज्ञहरु बताउँछन् ।

बेलायतको लण्डनस्थित रोयल सोसाइटीले यो महिनाको अन्त्यमा आयोजना गर्ने इन्टरनेट संकट सम्बन्धि बैठकमा सहआयोजक तथा एस्टन विश्वविद्यालयका प्राध्यापक एन्ड्रु इलिसका अनुसार भविष्यमा इन्टरनेट निकम्मा बन्दै जाँदा त्यसको क्षमता विस्तारका लागि ठूलो धनरासी खर्च गर्नुपर्ने र उपभोक्ताको इन्टरनेट खर्च नाटकीय रुपमा वृद्धि हुनसक्ने बताए ।

प्रयोगशालाको अनुसन्धानको गतिभन्दा बजारको इन्टरनेट प्रविधिको अवस्था ६ देखि ८ वर्ष पछि रहेको भन्दै उनले अबको ८ वर्षभित्रमा इन्टरनेटको डाटा प्रवाह नै नहुने अवस्था आउने बताए ।

तर एसेक्स विश्वविद्यालयका प्राध्यापक समेत रहेका अनुसन्धानकर्ता एन्ड्रु लर्ड भने इन्टरनेट धरासायी हुनुअगावै वैज्ञानिकहरुले नयाँ विकल्पको विकाश गर्नेमा आशावादी छन् ।

रोयल सोसाइटी अफ लण्डनका प्रवक्ता भन्छन्, ‘संचार संजालले विपत्तिपूर्ण ‘क्षमता हीनता’ को अवस्था भोग्दैछ । जहाँ अनलाइन डाटाको माग यति धेरै छ की त्यसले इन्टरनेट डाटा प्रवाह गर्ने अप्टिकल फाइबरको क्षमतालाई निकै पछि पारिसकेको छ ।’

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: आठ वर्षमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी !
आठ वर्षमा इन्टरनेट धरासायी हुने विज्ञहरुले चेतावनी !
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBH-rwdVUmWwKJNtXi-NjVo_8b3qvSfbcE2I4V9R9MLcS1o2WLhQbLaYqWCg-TyNmZ7N0-T62Cy7ycKw01HZfSR9HBhxau9IpEbeQSTN2l_l8wC0iCEJeoL5v8EDQYSI6U-R9mCLPoofeE/s1600/World-Network.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgBH-rwdVUmWwKJNtXi-NjVo_8b3qvSfbcE2I4V9R9MLcS1o2WLhQbLaYqWCg-TyNmZ7N0-T62Cy7ycKw01HZfSR9HBhxau9IpEbeQSTN2l_l8wC0iCEJeoL5v8EDQYSI6U-R9mCLPoofeE/s72-c/World-Network.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_16.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_16.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago