Archive Pages Design$type=blogging

जनताले सोधे–‘राहत कहिले पाइन्छ सरकार ?’, प्रधानमन्त्रीले भने–‘म सोध्छु है’

भूकम्प प्रभावित क्षेत्रमा एकसाथ उडे सुशील, केपी र प्रचण्ड  नुवाकोट, वैशाख २३ प्रधानमन्त्री शुसिल कोइरालाले बर्खापछि घरवारबिहिन जनतालाई सरकार...

भूकम्प प्रभावित क्षेत्रमा एकसाथ उडे सुशील, केपी र प्रचण्ड 

नुवाकोट, वैशाख २३
प्रधानमन्त्री शुसिल कोइरालाले बर्खापछि घरवारबिहिन जनतालाई सरकारले घर बनाइदिने बताएका छन् । भूकम्पले निम्त्याएको क्षतिको अवस्था अवलोकन गर्न नुवाकोट आएका उनले अहिलेको विपत्तिमा सरकार शोकमा डुबेको बताउँदै भने ‘भोलि नै घर बन्छ भनेर झूटो बोल्नु त भएन । बर्खा लागिसक्यो, बर्खापछि घर बनाउन सरकार लागिपर्छ ।’


१२ गतेको विनासकारी महाभूकम्पले ध्वस्त बनाएको नुवाकोट, रसुवा र धादिङ जिल्लाको अवलोकन भ्रमणका क्रममा तीन दलका शीर्ष नेता र सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुख अधिकारीसहित नुवाकोटको अति प्रभावित क्षेत्रको अवलोकनमा आइपुगेका प्रधानमन्त्री कोइरालाले अहिलेको समस्या छिट्टै समाधान हुने आश्वासन दिए । एकिकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र तीनवटा सुरक्षा निकायका प्रमुखसँगै प्रधानमन्त्री एकसाथ हेलिकप्टर चढेर यहाँँ आइपुगेका हुन् ।


विदुरस्थित सैन्य तालिम केन्द्रमा आयोजित भेटघाटमा जिल्लाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा सभासद्, सरकारी निकायका प्रमुखहरु र पत्रकारहरुसामु सरकारको तत्कालिन योजना तथा कार्यक्रमबारे निर्देशन दिँदै उनले दलिय प्रभाव र पक्षपात नगरी विपत्तीमा परेका जनताको उद्धार र राहत वितरणमा लाग्न आग्रह गरे ।




प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र नेपाली सेनाको फष्र्ट रैफल गणका गणपति पवन खत्रीले जिल्लाका राहत, उद्धार र भूकम्पबाट भएको क्षतिको विस्तृत जानकारी प्रधानमन्त्रीलाई गराएका थिए । त्यसलगत्तै प्रधानमन्त्री कोइरालाले क्षती बढी भएको ठाउँ र दुर्गम क्षेत्रलाई पहिलो प्राथमिता दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । ‘राहत प्रभावित जनतामा पुगेको छैन । आर्थिक सहायता तथा राहतको दुरुपयोग भइरहेको र बजारमा गएको भन्ने आरोप छ, त्यो हुन नपाओस्, कोइरालाले निर्देशन दिँदै भने, ‘विदेशी सहयोग, सरकारी राहत वास्तविक पिडित र गाउँलेहरुले उपभोग गर्न पाओस् ।’


यो निर्देशन दिएलगत्तै धादिङ जिल्लाको अवलोकनका लागि बाहिरिएका प्रधानमन्त्री कोइरालालाई पत्रकार र भूकम्पबाट प्रभावित केही जनताले सोधे, ‘सरकार ! राहत आयो भन्छन्,, खोई गाउँमा त राहत पुगेकै छैन । झन् उद्धार त आजसम्म भएकै छैन । कहिले हुन्छ उद्धार ?, कहिले आउँछ राहत सरकार ?’ यसपछि प्रधानमन्त्रीले जिज्ञासाको जवाफ दिदैं भने, ‘ठिक छ, म सोध्छु ।’ तर, आफैँ सरकार प्रमुख रहेका प्रधानमन्त्रीले यति सामान्य प्रश्नको जवाफ पनि कसलाई सोध्ने हुन्, त्यो भने खुलाउन चाहेनन् ।

प्रमुख सुरक्षा अधिकारीसहित भूकम्प प्रभावित क्षेत्रमा सँगै उडे सुशील, केपी र प्रचण्ड



भूकम्प प्रभावित जिल्लाको अवलोकन गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु एकसाथ हेलिकप्टरमा उडेका छन् । अवलोकन टोलीमा उनीहरुको साथमा तीनवटै सुरक्षा निकायका प्रमुखसमेत छन् । सधैँ राजनीतिक मुद्दामा फरक विचार राख्ने शीर्ष नेताहरुले राष्ट्रिय विपत्तिका बेला सँगै मिलेर समस्याको सामना गर्ने एकताको सन्देश दिएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्ड भूकम्प प्रभावित जिल्ला भ्रमणमा निस्किएका हुन् । प्रमुख दलका शीर्ष नेताहरुलाई लिएर नेपाली सेनाको हेलिकोप्टर बुधबार विहान रसुवा पुगेर नुवाकोट आई धादिङका लागि उडेको छ । जिल्ला भ्रमणको क्रममा नेताहरुले भूकम्प पीडितहरुको अवस्था, उद्धार र राहत वितरणबारे जानकारी लिने छन् ।

यस अघि प्रधानमन्त्री सुशील कोइरालाले गोर्खा र सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: जनताले सोधे–‘राहत कहिले पाइन्छ सरकार ?’, प्रधानमन्त्रीले भने–‘म सोध्छु है’
जनताले सोधे–‘राहत कहिले पाइन्छ सरकार ?’, प्रधानमन्त्रीले भने–‘म सोध्छु है’
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_2WXdMxa3TmITnZuzyK0PdsUBLwxWOz9wCxdHyzpGk0W8Nm6goGqZZq60Ap5XI3EhUm7qET5HbrIYrEe-WCnQrAZg5V_OHuNFeDlm4z-OA5hm6IQhweYpVT-hQW72YuFtB9v1j_3aHeQz/s1600/prime-minister-nuwakot-9.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_2WXdMxa3TmITnZuzyK0PdsUBLwxWOz9wCxdHyzpGk0W8Nm6goGqZZq60Ap5XI3EhUm7qET5HbrIYrEe-WCnQrAZg5V_OHuNFeDlm4z-OA5hm6IQhweYpVT-hQW72YuFtB9v1j_3aHeQz/s72-c/prime-minister-nuwakot-9.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_12.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_12.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago