Archive Pages Design$type=blogging

ध्वस्त धादिङमा राहत र उद्दारको खाँचो

महाभूकम्पमा ११७ बालबालिकाको मृत्यु काठमाडौं,  बैशाख २१   बैशाख १२ गतेको विनाशकारी भूकम्पको धक्काले धादिङ नराम्ररी प्रभावित भएको छ । मानवीय र...

महाभूकम्पमा ११७ बालबालिकाको मृत्यु

काठमाडौं,  बैशाख २१  
बैशाख १२ गतेको विनाशकारी भूकम्पको धक्काले धादिङ नराम्ररी प्रभावित भएको छ । मानवीय र भौतिक क्षतिका कारण जनजीवन अस्तव्यस्त बनेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार ३ लाख ३८ हजार ६ सय ५८ जना यस जिल्लामा बसोबास गर्छन् । कूल ६२ हजार ७ सय ५९ घरधुरीमध्ये धेरै घर खण्डहर बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार सोमबार अपरान्हसम्म ६८० जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमध्ये बालिका ५७ जना, बालक ६० जना, महिला १७६ जना, पुरुष १५६ जना र बाँकीको पहिचान खुल्न नसकेको धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार १ नम्बर क्षेत्रको सल्यानटार, २ नम्बर क्षेत्रको धादिङबेसी र ३ नम्बार क्षेत्रको गजुरीबाट राहत संकलन तथा वितरण कार्य भइरहेको छ । हेलिकप्टर आवश्यक पर्दा त्यसको व्यवस्था भने धादिङबेसीबाट हुने गरेको उनले जानकारी दिए ।

१ नम्बर क्षेत्रमा पर्ने तर सदरमुकामबाट नजिकै रहेको धुवाकोट गाविसमा राहत र उद्धार कार्य लगभग सकिएको उनले जानकारी दिए । जिल्लाका अन्य ठाउँमा पनि राहत र उद्धार कार्य तिब्रतासाथ भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको अनुसार करिब १० हजार पाल बाँडिएको छ ।

सोमबार अपरान्हसम्मको रेकर्ड अनुसार जिल्लाको रि गाउँमा सबैभन्दा बढी ६५ जनाको निधन भएको उल्लेख छ । रि गाउँ सदरमुकाम धादिङबेसीबाट दुई दिन पैदल हिँडेपछि पुग्न सकिन्छ । त्यहाँसम्म पुग्न सडक यातायातको सुविधा नभए पनि किन्ताङफेदीसम्म सडक सफा गर्ने हो भने करिब ५ घण्टामा रि गाउँ पुग्न सकिन्छ । महाभूकम्पका कारण पहिरो गएकाले किन्ताङफेदी जाने कच्ची बाटो अबरुद्ध भएको छ ।

    COMMENTS

    Name

    Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
    false
    ltr
    item
    Kantipunj: ध्वस्त धादिङमा राहत र उद्दारको खाँचो
    ध्वस्त धादिङमा राहत र उद्दारको खाँचो
    https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSI3fbnKcAvVuGBcxg9ckWv02Hcp3XnM1Ya0IliQLpmmEwyAy3F_Z3efMhmPirJkWTZ_tMILfVmCLTQKeFlIFJp55KEF0qGswbRps3uG6OYeat8bonGT9kLIp0lXLaJ4u_PQ4MmBBDLCTI/s1600/1000.jpg
    https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSI3fbnKcAvVuGBcxg9ckWv02Hcp3XnM1Ya0IliQLpmmEwyAy3F_Z3efMhmPirJkWTZ_tMILfVmCLTQKeFlIFJp55KEF0qGswbRps3uG6OYeat8bonGT9kLIp0lXLaJ4u_PQ4MmBBDLCTI/s72-c/1000.jpg
    Kantipunj
    https://kantipunj.blogspot.com/2015/05/blog-post_75.html
    https://kantipunj.blogspot.com/
    http://kantipunj.blogspot.com/
    http://kantipunj.blogspot.com/2015/05/blog-post_75.html
    true
    436256244088410149
    UTF-8
    Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago