Archive Pages Design$type=blogging

ओडारमा बस्दै आएका १०३ वर्षीय बृद्ध चेपाङ घर भित्रिए

९ जेठ, हेटौंडा । ओडारमा बस्दै आएका जयपति चेपाङलाई घर निर्माण गरेर विहीवार नवनिर्मित घरमा फर्काइएको छ । मकवानपुरका प्रजिअ रामप्रसाद थपलिया र ...

९ जेठ, हेटौंडा । ओडारमा बस्दै आएका जयपति चेपाङलाई घर निर्माण गरेर विहीवार नवनिर्मित घरमा फर्काइएको छ ।



मकवानपुरका प्रजिअ रामप्रसाद थपलिया र प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले नवनिर्मित घरमा १०३ वर्षीय बृद्ध चेपाङलाई ओडारबाट घरमा प्रवेश गराएका थिए ।



भार्ता गाविस–४, सिलौतीको डाँडामा १५ महिनाअघि निर्माण गरिएको घर वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि वृद्ध जयपति ओडारमा बस्दै आएका थिए । उनलाई ओडारबाट तत्काल घरमा बसाउन स्थानीय चेपाङ युवा र हेटौंडाका सहयोगीहरुको प्रयासमा घर निर्माण गरिएको हो । जस्तापाताको छाना भएको दुईतले घर निर्माण गरेर उनलाई ओडारबाट घरमा राखिएको हो ।



ओडारबाट नवनिर्मित घरमा प्रवेश गराउँदा पूर्वसभासद् गोविन्दराम चेपाङ, चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङ, गाविस सचिव राजु अर्याललगायत स्थानीयबासीको उल्लेख्य उपस्थिति थियो । ओडारमा बसेका चेपाङलाई नवनिर्मित घरमा सार्न पुगेका प्रजिअ थपलिया र प्रहरी उपरीक्षक कार्कीलाई हात जोडेर जयपतिले स्वागत गर्दै गिठ्ठाको माला लगाइदिएका थिए । प्रजिअ थपलिया र प्रहरी उपरीक्षक कार्कीले ओडारमा बसेका चेपाङलाई खादा र फूलमाला लगाइदिएका थिए ।



ओडारबाट चेपाङलाई अगाडि लगाएर घरभित्र प्रवेश गराएका थिए ।घरमा छिर्नेबित्तिकै उनको आँखाबाट आँशु चुहिएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत् बनाइएको दुई तले घरको चारैतर्फको ढुंगामाटोका गाह्रो भूकम्पले भत्काएको र जस्तापाताको छानालाई भने क्षति पु¥याएको थिएन । ५० हजारको लागतमा घर निर्माण गरिएको थियो ।



जयपति चेपाङ उक्त ओडारमा जन्मेर र बृद्ध भएका हुन् । जनता आवास कार्यक्रमअन्तर्गत् घर बनाएर उनलाई २०७० माघ १४ ओडारबाट घरमा बसाइएको थियो । ओडारबाट घरको दूरी आधा किलोमिटर छ । उनी पनि १५ महिना खुशीसाथ घरमा बसेका थिए । भूकम्प आएर घर भत्केपछि उनी पुनः ओडार फर्केका थिए ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: ओडारमा बस्दै आएका १०३ वर्षीय बृद्ध चेपाङ घर भित्रिए
ओडारमा बस्दै आएका १०३ वर्षीय बृद्ध चेपाङ घर भित्रिए
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_85.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_85.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago