Archive Pages Design$type=blogging

महिला थाइराईडको समस्याः बच्न के गर्ने ?

आजभोलीको तनावग्रस्त र भागदौडको जीवनमा थाइराईड समस्या बढीरहेको छ । यो समस्या महिला पुरुष दुवैमा देखिए पनि विशेष गरी महिलामा बढी देखिन्छ । आजभ...

आजभोलीको तनावग्रस्त र भागदौडको जीवनमा थाइराईड समस्या बढीरहेको छ । यो समस्या महिला पुरुष दुवैमा देखिए पनि विशेष गरी महिलामा बढी देखिन्छ । आजभोलि त थाइराईडको समस्याले साना उमेरका महिलालाई पनि सताएको देखिन्छ । अध्ययनका अनुसार १०० जनामा ८० महिलालाई थाइराईको समस्या हुन्छ ।



हाम्रो घाँटीको अगाडीको भागमा थाइराइड ग्रन्थी हुन्छ । जसले थाइराइड हर्मोन नामक हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । तर समस्या के छ भने धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् । यदि थोरै खाना खाँने गर्दा पनि वजन बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भतुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।



दोषी
थाइराइड ग्रन्थी घाँटीको अघिल्तिर हुन्छ । खप्परमा दिमागभन्दा तल रहेको पिटुयुटरी ग्रन्थीले थाइराइडलाई नियन्त्रण गर्छ । पिट्युटरीले रगतमा थाइराइड हर्मोनको स्तर मापन गर्छ र थाइराइड स्टिमुलेटिङ हर्मोन टीएसएच निकाल्छ । यस हर्मोनले थाइराइडलाई थाइरोक्सिन टीफोर र ट्रिलिडोथायोरिन टीथ्री हर्मोन उत्पादन गर्न सहयोग गर्छ । थाइराइडलाई टीथ्री र टीफोर हर्मोन उत्पादन गर्न आयोडिनको आवश्यकता पर्छ । तर आयोडिनको मात्रा धेरै वा थोरै हुँदा थाइराइड मलफंक्शन हुने डाक्टर नुपुर क्रिशन बताउँछन् ।



गलगाँड के हो ?
आयोडिन र सिलेनियम खानामा पर्याप्त भएन भने गलगाँड उत्पन्न हुन्छ । शरिरमा आयोडिनको कमी हुँदा गलगाँड निस्कन्छ । थाइराइडले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्मोन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्मोनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्मोन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ ।



थाइराइड हुनबाट बच्न कस्तो डाइट लिने ?
हाइपोथाइरोडिजम भएकालाई भर्जिन नरिवलको तेल लाभदायक हुन्छ । यसमा चेन फ्याटी एशिड हुन्छ जसले मेटाबोलेटिज्मलाई बढाएर वजन घटाउन मद्दत गर्छ ।


१. कृत्रिम चीनीको प्रयोगबाट बच्ने
२. बदाम लगायतका चिल्ला ड्राइफुट नखाने, धुमपानबाट बच्ने र पोषणका औषधीहरु नखाने
३. आवश्यक मात्रामा आयोडिन र भिटामिन ए को सेवन गर्ने । एक वयस्क व्यक्तिका लागि १ सय ५० माइक्रोग्राम आयोडिन प्रतिदिन लिन आवश्यक छ ।
४. बन्दा, काउली, ब्रोकोली जस्ता तरकारीबाट बनेका काँचो सलाद नखाने । यी तरकारीमा पाइने गोट्रोजेन्स नामको तत्वले थाइराइडलाई प्रभाव पार्छ । बरु पकाएर खानाले खासै असर गर्दैन ।
५. सामुदि«क माछा प्रशस्त खाने । त्यस्तै हरियो पत्तेदार तरकारी र दुग्धजन्य पदार्थमा पनि प्रशस्त आयोडिन पाउन सकिन्छ ।
६. अण्डा, पहेलो पाकेको फलफूल र हरिखा सागसब्जीले भिटामिन एको मात्र परिपूर्ति गर्छ ।
७. गर्भवती महिलालाई प्रतिदिन २ सय २० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने हुनाले यसमा विशेष विचार पुर्याउने।


थाइराइडले आजभोलि कम उमेरका महिलालाई पनि सताउँछ । इण्डोक्रिनोलोजिष्ट डा. अल्तामास साइखले १५ – २० वर्ष उमेर समूहका महिलामा पनि थाइराइड देखिएको बताउँछन् । यो उमेर समूहका महिलाले पनि उमेरअनुसारको वजन, थकान र सुन्निने समस्यालाई मध्यनजर गरेर थाइराइडको समस्या पत्ता लगाउन सक्छन् ।


बाँझोपन
थाइराइडका कारण बाँझोपनको समस्या पनि आउन सक्छ । थाइराइडले पुरुषमा यौनइच्छामा कमी र वीर्यमा कमी देखिन्छ भने महिलामा अण्डा उत्पादन गर्नमा कठिनाई र छिटो रजनोवृत्ति हुन सक्छ ।


थाइराइडका लक्षण




  • अस्वाभाविक वजन बढ्नु

  • गलगाँड आउनु

  • तनाव

  • छिटो छिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव

  • कपाल झर्नु

  • छाला फुस्रो हुनु

  • मुटुको गति सुस्त हुनु

  • चाँडो थकाई लाग्नु

  • मुड छिनछिनमा परिवर्तन भईरहनु र कमजोर स्मरणक्षमता

  • चिसो लाग्नु

  • र आवाजमा भारीपन बढ्नु
    (एजेन्सीको सहयोगमा)

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: महिला थाइराईडको समस्याः बच्न के गर्ने ?
महिला थाइराईडको समस्याः बच्न के गर्ने ?
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_35.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_35.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago