काठमाडौं, वैशाख २३ विश्वका महंगा खेलाडीहरुले भरिएको स्पेनिस क्लब रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिले लेगमा पराजित ...
काठमाडौं, वैशाख २३
विश्वका महंगा खेलाडीहरुले भरिएको स्पेनिस क्लब रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिले लेगमा पराजित भएको छ ।
डिफेन्डिङ च्याम्पियनलार्इ झट्का दिने क्रममा युभेन्टसका लागि अल्भारो मोर्राटा र कार्लोस टेभेजले एक-एक गोल गरे ।
रियललार्इ हराएपछि युभेन्टसले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । रियल भने दोस्रो लेगमा युभेन्टसलार्इ हराउनै पर्ने दबाबमा परेको छ ।


