Archive Pages Design$type=blogging

लुम्बिनीमा भुकम्प पिडितको लागी महापरित्राण एवं प्राणीधान पाठ

लुम्बिनी, वैशाख २१ महाभुकम्पमा परी मृत्यु भएका नेपालीहरुको चीरशान्तिको कामना सहित  शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नकोलागी ...

लुम्बिनी, वैशाख २१
महाभुकम्पमा परी मृत्यु भएका नेपालीहरुको चीरशान्तिको कामना सहित  शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नकोलागी बुद्ध जन्म स्थल लुम्बिनीमा महापरित्राण एवं प्राणीधान पाठ गरिएको छ । २६३९  औं बुद्ध जयन्तीको अवसर पारेर बैशाखी पुर्णिमाका दिन सोमबार विहान लुम्बिनी स्थित शान्तिद्वीपदेखी मायादेवी मन्दिर परिसर सम्म मैनवत्ति तथा अगरवत्ति र्याली निकालिएको थियो । 

लुम्बिनी विकास कोषका कायममुकायम उपाध्यक्ष तथा कोषाध्यक्ष ओम अर्यालको नेतृत्वमा आयोजित र्यालीमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी, विकास कोषका सदस्य सचिव अजित मान तामांग, स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्याल, पुरातत्ववीद प्रा.डा. गितु गिरी र बसन्त विडारी, भिक्षु मैत्री, लुम्बिनी बौद्ध विश्वविद्यायलयका क्याम्प प्रमुख इन्द्र काफ्ले, विकास कोषका सूचना प्रमुख ज्ञानिन राई लगायत भिक्षु, भिक्षुणीहरुको सहभागीता रहेको थियो । 




रयाली पश्चात मायादेवी मन्दिर परिसर पिपलको रुखमुनी  आयोजित एक समारोहमा महाभुक्पको कारण मुलुकले ठुलो प्राकृर्तिक विपत्तिसंग सामाना गरिरहेको अवस्थामा विगतका वर्षमा जस्तो तामझामका साथ बुद्ध जयन्ती नमनाई आध्यत्मीक तवरले मृतात्माको चिर शान्तिकोलागी एक भएर प्राथना सहित पुजा पाठ गरिएको विकास कोषका सूचना प्रमुख राईले जनाए । 

विकास कोषका कायममुकायम उपाध्यक्ष ओम अर्यालको संयोजनमा आयोजित उक्त अनौपचारीक कार्यक्रममा कोषका अध्यक्ष संस्कृति तथा पर्यटन मन्त्रि दीपक अमात्यले पठाएको शान्तिकोलागी शुभकामना सन्देश पाठ गरि सुनाईको थियो । सो सामुहिक प्राथना सभामा थेरावादी परम्परा अनुसार त्रिरत्न बन्दना सहित परित्राण, महायानी परम्परा अन्तर्गत लामा गुरु गुरुमाहरुबाट प्राणिधान, निप्पोन्जान म्योहोजीद्धारा बन्दाना, चाइना विहाबाट बन्दाना, कोरिया विहारबाट बन्दना, भियतनाम विहारबाट बन्दना गरिएको विकास कोषका सदस्य सचिव तथा प्रवक्ता अजितमान तामांगले जनाए ।

 सदस्यसचिव तामांगका अनुसार सोमबार दिनभरी महायाना सम्प्रादायका गुरुहरुबाट निरन्तर परित्राण साथै थेरावाद सम्प्रादायका गुरु गुरुमाहरुबाट भुकम्पपीडितहरुको आत्माको चिरशान्तिको कामना सहित दिनभरी प्राथना गरिने भएकोछ ।

 यसैगरी सांझमा मायादेवी परिसरमा द्धिप प्रज्वलन हुने सो अवसरमा बताईएको थियो ।मुलुक प्राकृतिक विपत्तिमा परेको हुदां लुम्बिनी विकास कोषले भुकम्प पिडीतहरुको सहयोगार्थ सबै औपचारीक कार्यक्रम रद्ध गरि प्राथना सभा आयोजना गरेको कायममुकायम उपाध्यक्ष ओम अर्यालले जनाए । उनले भने “ सबैलाई ध्यानमा एकाकार गरेर शान्तिको कामना सहित अहिले पनि हराईरहेकाहरुको सकुशलको कामना गर्दै मृतात्माको चिर शान्तिको कामना सहित प्राथना गरिएको हो । 

प्राकृतिक प्रकोप राहत कोष लुम्बिनीको स्थापना
महाभुकम्पमा परेकाहरुको राहतकोलागी लुम्बिनी विकास कोषले प्राकृतिक प्रकोष राहत कोष लुम्बिनीको स्थापना गरेकोछ । कोषका प्रवक्ता अजितमान तामांगले दिएको जानकारी अनुसार राहत कोष लुम्बिनीमा अहिले सम्म करिब ३९ लाख नगद रकम जम्मा भईसकेको छ भने बाकीं रकम संकलन हुने क्रम जारी छ । 

सो राहत रकम भुकम्प प्रभावित क्षेत्रमा वितरण गरिने प्रवक्ता तामांगले जनाए । यसैगरी विकास कोषले परमु प्रथा अनुसार जापनिज भुकम्पवीदहरुको सहयोगमा भुकम्प प्रभावित क्षेत्रको निरक्षण गरी सो क्षेत्रमा भुकम्प प्रतिरोधातम्क भवन बनाउने प्राविधीक टोली खटाउने भएकोछ । जापनिज टेम्पल, निप्पोन्जान म्योहोजीका गुरु सातौ वकिको नेतृत्वमा परमु प्रथाको आधारमा भुकम्प प्रभावित क्षेत्रमा भुकम्प प्रतिरोधात्मक भवन बनाउने अभियान थाल्ने भएको हो । 

शुरुमा निप्पोन्जान म्योहोजीका गुरु सातौ वकि सहित कोषका पदाधिकारीहरु भुकम्प प्रभावित क्षेत्रमा जाने र उहांबाट फर्केपछि जापनिज स्वयंसेवकलाई बोलाई सो क्षेत्रमा त्यस्ता भवन बनाइने योजना रहेको प्रवक्ता तामांगले बताए । परमु प्रथा अनुसार एक दिन एउटाको घर बनाउने, अर्कोदिन छिमेकीको गरी सारा गाऊको श्रमदानमा भुकम्प प्रभावित क्षेत्रका घर निर्माण गर्ने कार्यक्रम बनाईरहेको तामांगको भनाई थियो ।


COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: लुम्बिनीमा भुकम्प पिडितको लागी महापरित्राण एवं प्राणीधान पाठ
लुम्बिनीमा भुकम्प पिडितको लागी महापरित्राण एवं प्राणीधान पाठ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBRe3_fua10KDIrvMRz_aphjdmtOvRhXWBuSiaQeqAcEYpkzaRu35O5CvvDdeoIgLsXPpnKm61v9_VqPfYWGVWXTE2ut_TnifM47KV9KG_BYBlgyjwMPOxCO-qnziofVsVk50SKNNlbDjz/s1600/buddha-photo.jpg-4-800x600.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjBRe3_fua10KDIrvMRz_aphjdmtOvRhXWBuSiaQeqAcEYpkzaRu35O5CvvDdeoIgLsXPpnKm61v9_VqPfYWGVWXTE2ut_TnifM47KV9KG_BYBlgyjwMPOxCO-qnziofVsVk50SKNNlbDjz/s72-c/buddha-photo.jpg-4-800x600.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_73.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_73.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago