Archive Pages Design$type=blogging

८५ वर्षपछि सगरमाथा हिउँविहीन!

१४ जेठ, काठमाडौ । यो शताब्दीको अन्त्यसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन्। तापक्रम...

१४ जेठ, काठमाडौ । यो शताब्दीको अन्त्यसम्म विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल हिउँविहीन हुने प्रक्षेपण वैज्ञानिकले गरेका छन्। तापक्रम वृद्धि गरी हिउँ पगाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्बनडाइअक्साइड उत्सर्जनको यही गति कायम रहे ७० देखि ९९ प्रतिशत हिउँ नरहने चेतावनी बुधबार सार्वजनिक अनुसन्धान प्रतिवेदनमा दिइएको छ। युरोपियन जिओसाइन्स युनियन जर्नलमा प्रकाशित विश्वभरिका वैज्ञानिकको संयुक्त अनुसन्धान प्रतिवेदनमा तापक्रम बढ्ने क्रम नरोकिएकाले हिमालहरू नांगा हुने प्रक्षेपण गरिएको छ।




अनुसन्धान टोलीको नेतृत्व गरेका नेपालस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) का वैज्ञानिक जोसेफ सीले ठूलो आकारमा हिउँ बिलाउन थालेको बताए।




वैज्ञानिकहरूले सगरमाथाको हिउँ पग्लिएर बग्ने विभिन्न नदी प्रणालीसहित विभिन्न प्रविधि प्रयोग गरेर अनुसन्धान गरेका थिए। सगरमाथासहित अग्ला हिमाल र दूधकोसी नदीलाई मु ख्य आधार बनाएर अध्ययन गरिएको थियो।




दूधकोसी चार सय वर्ग किलोमिटर क्षेत्रमा ज म्मा भएको हिउँबाट बग्छ।आगामी दिनमा हिउँ पग्लिने क्रम अझै बढ्ने अनुमान वैज्ञानिकहरूको छ।




हिउँ जम्न चाहिने शून्य डिग्री सेल्सियस तापक्रम हिमालको माथिल्लो भेगतिर बढ्ने र तलको हिउँ पग्लँदै जाने अनुमान छ।




हाल तीन हजार दुई सयदेखि पाँच हजार पाँच सय मिटरमा हिउँ जम्छ। तापक्रम बढ्दै जाँदा यो शताब्दीको अन्त्यसम् म आठ सयदेखि १२ सय मिटरमाथि मात्रै हिउँ पग्लिनेछ। 'तापक्रम बढ्दा हिउँ जम्मा हुने क्रम घट्ने मात्र होइन।




अहिले भइरहेकामध्ये ९० प्रतिशत हिमनदीगर्मी महिनामा पग्निलेछन्', प्रतिवेदनमा छ। तापक्रम बढ्दा हिउँ र बरफ पग्लिने मात्रै होइन, हिउँको सट्टा पानी पर्ने क्रमसमेत बढ्ने प्रक्षेपण छ।




जसले गर्दा पग्लिएको हिउँ पुन: ज म्न सक्दैन। अनुसन्धानकर्ताहरूले स्थानीय मौसम मापन केन्द्रहरूको ५० वर्षदेखिको तथ्यांक विश्लेषण गरेका थिए।




 'प्राप्त तथ्यांकका आधारमा हिउँ पर्ने क्रम तथा यसको ऐतिहासिक तथ्यलाई विभिन्न आधारमा विश्लेषण गरेर प्रक्षेपण गरिएको हो', प्रतिवेदन सहलेखक नेदरल्यान्ड्सस्थित उल्ट्रिक विश्वविद्यालयका प्राध्यापक वाल्टर इमर्जिलले भनेका छन्।




यो शताब्दीको अन्त्यमा यसको असर जलविद्युत् र कृषिमा सबैभन्दा धेरै देखिने प्रक्षेपण छ। 'तल्लो क्षेत्रमा विद्युत् उत्पादन गर्न नदी प्रणालीहरूमा पानी अभाव हुनेछ।




मुख्य कोसी नदीका धेरै सहायक नदीमा यसको प्रत्यक्ष असर देखिनेछ', अध्ययन प्रतिवेदनमा लेखिएको छ। साथै हिउँ पग्लिने क्रमसँगै तल्लो तटीय क्षेत्रमा बाढीपहिरोको खतरासमेत बढ्ने प्रक्षेपण छ।




'हिउँ पग्लिँदै हिमताल बन्ने, आकार बढ्ने र हिमपहिरो आउने सम्भावना पनि बलियो हुनेछ', वैज्ञानिक सीले भने। वैज्ञानिकहरूले लामो अध्ययनपछि ल्याइएको नयाँ तथ्यलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।




हिउँ पर्ने क्रम, यसको परिवर्तित शैली र हिउँको चालका आधारमा विभिन्न मोडलिङ विधि अध्ययनमा प्रयोग गरिएको प्रतिवेदनमा स्पष्ट पारिएको छ।




अहिले पनि नेपालको उच्च हिमाली भेगमा हिउँ पग्लिएर हिमताल बन्ने क्रम तीव्र छ। तापक्रम वृद्धिकै कारण सगरमाथा क्षेत्रको इम्जा, दोलाखाको च्छो रोल्पा, मनाङको ठूगालिगलायत हिमतालको आकार बिस्तारै बढिरहेको छ।




तापक्रम वृद्धि नरोकिए यी हिमताल भरिएर विस्फोट हुने खतराको चेतावनी वैज्ञानिकले दिँदै आएका छन्। यी हिमताल भूकम्पपछि सबैभन्दा धेरै खतरा हुने विज्ञ बताउँछन्।




नेपालमा यसपटक आएको भूकम्पले धेरै हिमतालमा असर गरे पनि विस्तृत अध्ययन भएको छैन। दुई दिनअघि मात्रै सगरमाथा क्षेत्रका साना हिमपोखरी फुटेर खुम्बु क्षेत्रका बासिन्दा त्रसित भएका थिए।




खतराको सूचीमा रहेको इम्जा भने सुरक्षित रहेको इम्जा निरीक्षणबाट फर्किएका स्थानीय बासिन्दाले बताएका छन्।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: ८५ वर्षपछि सगरमाथा हिउँविहीन!
८५ वर्षपछि सगरमाथा हिउँविहीन!
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago