Archive Pages Design$type=blogging

नेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार

१३ जेठ, वाशिंगटन डिसी । अमेरिकामा बस्ने नेपाली मुलकी सञ्जिता प्रधानले कडा मेहनत र परिश्रमकै कारण आफू अमेरिकी राष्ट्रपति बाराक आबामाको सल्लाह...

१३ जेठ, वाशिंगटन डिसी । अमेरिकामा बस्ने नेपाली मुलकी सञ्जिता प्रधानले कडा मेहनत र परिश्रमकै कारण आफू अमेरिकी राष्ट्रपति बाराक आबामाको सल्लाहकार भएको बताएकी छन् । प्रधान एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपति बाराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त भएकी हुन् ।



ओवामाको सल्लाहकार सदस्यमा नियुक्ति भएपछि पहिलो पटक अन्तर्वार्ता दिदै आफूले प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँसम्म पुगेको बताइन् । कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै काम गर्ने भएकोले राष्ट्रपति बराक ओवामाको सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन् पाएकोमा आफूलाई गर्व लागेको बताइन् ।



“अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि जहाँ पनि पुग्न सकिने रहेछ”, उनले भनिन् । आफू अमेरिकाको सम्मानित पदमा पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक भएको उनले बताइन् ।



राष्ट्रपति ओवामाले सल्लाहकार समितिमा १९ जनालाई नियुक्त गरेका थिए, जसमध्ये प्रधान एक हुन् । सल्लाहकार समितिमा नियुक्त भएकाहरु अधिकांश स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् । धेरै बर्ष सम्म भुटानी पुनस्र्थापनाको क्षेत्रमा काम गरेकी प्रधानलाई सोही विज्ञताको आधारमा नियुक्त गरिएको बताएको छ ।



आफू सहि समयमा सहि आवाज उठाउनु पर्छ भन्ने सिद्धान्त बोकेर हिड्ने महिला भएको उनले बताइन् । आफूले गरिव दुःखी, ओझेलमा परेका र सतहभित्र लुकेर बसेका समुदायको पक्षमा वकालत गर्दै आईरहेको उनले बताइन् ।



एसियनहरुमा सबै भन्दा बढी भाषाको पनि समस्या देखिएको उनले बताइन् । ‘भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान गर्न गाह्रो हुन्छ’, उनले भनिन्, ‘मैले यिनै क्षेत्रमा समस्याको पहिचान गर्दै बहस गरेको छु । यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना पिताबाट प्राप्त गरेको हुँ ।’



आफ्नो नियुक्तबारेमा नेपाली समुदायमा अझ पनि केही भ्रम जस्तो लागेकोले आफ्नो नियुक्ति भनेको एक प्रकारको अवैतनिक जस्तै भएको उल्लेख गर्दै स्वयंसेवक रुपमा काम गर्नु पर्ने बताइन् । परिवारको समर्थन र सहयोगका कारण आफू अमेरिकाको सम्मानित स्थानमा पुगेको उनले बताइन् ।



‘एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग गर्न सक्छु । म अहम् भूमिका निर्वाह गर्न सक्छु तर धेरैले पत्राचार गर्दै मेरो नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाव र प्रश्नहरु पठाइरहेछन्,’ उनले भनिन् ।



मानव अधिकारको लागि काम गरिरहेको बताउदै उनले विवादरहित र तटस्थ भइ सेवा गर्ने बताइन् । प्रधान नियुक्त भएको आयोगको बैठकमा पहिलो पटक सहभागी हुँदासमेत नौलो नलागेको उनले प्रतिक्रिया दिइन् । राज्यस्तरमा आफूले यसरी नै काम गरिरहेकाले कुनै अप्ठेरो नभएको पनि उनले बताइन् ।



एसिया प्यासिफिक आइसल्याण्डरको लागि नियुक्ति भएकी प्रधानले अमेरिकामा भएका सबै एसियन समुदायसँग मिलेर काम गर्ने गर्नुपर्ने बताइन् । अमेरिकाभरि रहेका नेपाली समुदायका मुद्दा, अस्थायी सुरक्षित हैसियत, स्वास्थ्य, बिदेशी सम्पत्ति परिवहन लगायतका समस्याका विषयमा नेपाली समुदायसँंगै काम गर्न चाहेको पनि उनले प्रष्ट्याइन् ।



संखुवासभाको चैनपुर पुर्खेउली घर भएकी उनले अमेरिकामा बस्ने नेपालीहरुको खाका (प्रोफाइल) लेख्ने प्रयास गरिरहेको पनि जानकारी दिइन् ।



धरानको बिजयपुर उच्च माध्यमिक विद्यालयमा अध्ययनपछि उनले भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गरेकी थिइन् । अमेरीका पुगेपछि भने उनी सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी छिन् ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: नेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार
नेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_27.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_27.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago