Archive Pages Design$type=blogging

'आफन्तको शव खोज्दा राहत नै छुट्यो'

चौतारा (सिन्धुपाल्चोक),  बैशाख २१   सिन्धुपाल्चोक बतासेका ४४ वर्षीय सञ्चबहादुर तामाङ महाभूकम्को एक सातापछि आइतबार सदरमुकाम चौतारामा भेटिए। ग...

चौतारा (सिन्धुपाल्चोक),  बैशाख २१  
सिन्धुपाल्चोक बतासेका ४४ वर्षीय सञ्चबहादुर तामाङ महाभूकम्को एक सातापछि आइतबार सदरमुकाम चौतारामा भेटिए। गाउँभरिका ३० जनाभन्दा बढी तामाङ समुदायको नेतृत्व गरेर आएका सञ्चबहादुर शनिबारसम्म पनि छिमेकीको भग्नावशेषमा शव खोज्दै थिए।


भूकम्पले भत्किएका घरका भग्नावशेषमा भेटिएकालाई खाल्डो खनेर पुर्ने काम सकेपछि राहतका लागि उनी सदरमुकाम आएका हुन्।

'हिजोसम्म लास खोज्दै ठिक्क भयो। अब खाने कुरा खोज्न आएको हौं', जिल्ला प्रशासन कार्यालयतर्फ जाँदै गरेका तामाङले अन्नपूर्णसँग भने। 

आफ्नै गाउँ महवीरमा भूकम्पले पुरेका सबैलाई बाहिर निकालेर खाल्डोमा पुरेपछि गाउँमा तत्कालको काम सकिएको उनको निष्कर्ष छ।

सदरमुकाम चौताराबाट करिब पाँच घन्टा टाढाको यो दुर्गम बतासे गाउँमा भूकम्पबाट ८६ जनाको मृत्यु भएको छ। सञ्चबहादुरसँगै आएकी सञ्चमाया तामाङका अनुसार गाउँका कुनै पनि घर सग्ला छैनन्। 

छिमेकी गाउँमा समेत शव निकाल्न र चिहानघारीमा खाल्डो खन्न उनीहरूले सघाए। 'वरिपरि भीर छ, पहिरो लडिरहन्छ। मोरिन्छ कि भनेर डर लाग्नु थाल्यो', सञ्चमायाले भनिन्, 'सबै घर ढलेको छ। पुरिएको खानेकुरा अलिअलि निकालियो, बस्ने ठाउँ छैन।'

राहत बोकेर गाउँमा कोही पनि नआएको उनीहरूको गुनासो छ। 'बाटोमा पर्नेले राख्यो रे भन्ने सुनेको छु, हामीले पाएनौं', राहत पाउने आसमा सदरमुकाम आएका स्थानीय रनवीर तामाङले भने।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार तामाङहरूको बाहुल्य रहेको बतासे गाउँका एक हजार एक सय ५२ जना विस्थापित भएका छन्।

गाउँमा धेरै बिरामी र घाइते भए पनि उपचारका लागि कोही नपुगेको उनीहरूले बताए। 'हाम्रोमा जाँच्ने मान्छे नै आएन', राहतकै लागि सदरमुकाम आइपुगेका सुकबहादुर तामाङले भने।

भूकम्पमा आफन्त गुमाएको पीडा कम नहुँदै उनीहरूलाई नयाँ चिन्ता पनि थपिएको छ- भत्किएको घर अब कसरी ठड्याउने? अब कहाँ बस्ने र के खाने भन्ने पिरोलोसँगै घर बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले पनि सताउन थालेको कामी तामाङले बताए। 

उनले केही महिनाअघि मात्रै ५० हजार रुपैयाँ ऋण लिएका थिए। 'अलिअलि मात्रै ऋण तिरेको थिएँ, अब कसरी तिर्ने थाहा छैन', भत्किएको घरका बिम र फल्याक जोड्ने काँटी किन्न सदरमुकाम आएका कामीले भने। 

उनले आइतबार आधा किलो काँटी किनेका छन्। बारीमा छरपस्ट भएका काठ जम्मा पारेर झुप्रो बनाउने उनको योजना छ।

गल्र्यामगुर्लुम ढलेको ढुंगा र माटोको घर भएकै ठाउँमा घडेरी सम्याउने काम सोमबारदेखि सुरु गर्दैछन् उनी। 'भत्किएका काठ जम्मा पारेर आफैं झुप्रो बनाउने हो', उनले भने, 'अब कति दिन पाल खोज्दै बस्ने हो, बर्खा आइसक्यो।'

उनीसँगै आएका तीन गाउँलेको भने अहिले नै झुप्रो बनाउने योजना छैन। उनीहरूसँग यो बर्खा पालमै बिताउनुको विकल्प छैन। 'आफन्त पनि बिते, भएको घर पनि लड्यो। अब पालमै बस्ने हो', सुकबहादुरले भने।

सिन्धुपाल्चोकका अधिकांश ग्रामीण भेगका सर्वसाधारण बर्खामा पहिरोको चपेटामा पर्ने डरमा छन्। 'वारिपारि ससाना पहिरो भएका भीरले राति कहिल्यै निदाउन सकिने अवस्था छैन', ठूलो सिरुवारीका रामचन्द्र बस्नेतले भने। कतिपय गाउँमा अहिले पनि उद्धारकर्मी तथा राहत नपुगेको उनले बताए।

गत शनिबार गएको पहिलो ७.६ रेक्टर स्केलको भूकम्पले कमजोर बनाएको घर फेरि सिन्धुपाल्चोक र दोलखाको सिमानामा केन्द्रबिन्दु भएको अर्को ६.७ रेक्टर स्केलको भूकम्पले भत्काएको थियो। 

सिन्धुपाल्चोक जाने मुख्य सडक विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध गरिरहेको छ। आइतबार पनि दोलालघाटनजिक गएको पहिरोले यातायात अवरुद्ध गरेको थियो।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: 'आफन्तको शव खोज्दा राहत नै छुट्यो'
'आफन्तको शव खोज्दा राहत नै छुट्यो'
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhanKxZpY6diEP7dIjbyMkrQw5Ob49KVf5jPs0ycUg60S9ShqBZbGhaBKiLKRel7qOH_wxH1xHkZSNK3VIhRLOwOzh-oxDGi1XlzCgPmbzauqAFu5d9vFeXVnDAfPqM1TKa68ELp0vq_Tyy/s1600/chautara.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhanKxZpY6diEP7dIjbyMkrQw5Ob49KVf5jPs0ycUg60S9ShqBZbGhaBKiLKRel7qOH_wxH1xHkZSNK3VIhRLOwOzh-oxDGi1XlzCgPmbzauqAFu5d9vFeXVnDAfPqM1TKa68ELp0vq_Tyy/s72-c/chautara.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_43.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_43.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago