Archive Pages Design$type=blogging

भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए

काठमाडौं, वैशाख २०  नेपाल सरकारको उच्च स्रोतले दिएको जानकारीअनुसार भूकम्प पीडितको उद्दारका लागि नेपालमा ल्याइएका भारतीय हेलिकोप्टरका कारण ची...

काठमाडौं, वैशाख २० 
नेपाल सरकारको उच्च स्रोतले दिएको जानकारीअनुसार भूकम्प पीडितको उद्दारका लागि नेपालमा ल्याइएका भारतीय हेलिकोप्टरका कारण चीनमात्रै होइन, अब अमेरिका पनि असन्तुष्ट बनेको छ ।

आइतबार बालुवाटारमा विश्व खाद्य कार्यक्रमकी उपप्रमुख इथारिन कजनसँगै प्रधानमन्त्री सुशील कोइरालालाई भेट गर्न पुगेका अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीले यस्तो गुनासो गरेका हुन् ।

विमानस्थलमा भारतीय एयरफोर्सले गरेको होल्डका कारण अमेरिकी राहत सामाग्री बोकेको विमान उत्रन नपाएको बोडीले गुनासो पोखेको स्रोतले अनलाइनखबरलाई बतायो । तर, बोडीले गुनासो गरेकै दिन अाइतबार अपरान्ह ४:३० बजे ४ वटा अमेरिकी विमान काठमाडौं अाइपुगेका छन् ।


राहत सामाग्रीसहित काठमाडौं आएको अमेरिकी एयरफोर्स 
अमेरिकाबाट अाएका तीनवटा विमानमा राहत सामाग्री ल्याइएको छ भने एउटा विमानले हेलिकोप्टर ल्याएको छ । हेलिकोप्टर उद्दारका  लागि प्रयोग गरिने छ भने चारैवटा विमान सोमबार फर्काइने विमानस्थल अधिकारले बताए ।

सेभ द चिल्ड्रेनको राहत सामाग्री बोकेको विमान त्रिभुवन विमानस्थलमा उत्रन नपाउँदा दुबईमा अभर परिरहेको गुनासो प्रधानमन्त्री कार्यालयमा यसअघि नै सेभ द चिल्ड्रेनका नेपाल प्रमुखले दर्ज गराइसकेका छन् ।

विमानस्थल होल्डिङबारे प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो- ‘इण्डियनलाई सोध्दा हमारा तरफ से कोई प्रोब्लम नहीँ भन्छन्, तर अमेरिकीहरुको गुनासो भिन्नै छ ।’

अमेरिकी राजदुतले प्रधानमन्त्रीसँग गुनासो गरिसकेपछि प्रधानमन्त्री कार्यालय स्रोतले विमानस्थलको ट्राफिक जामबारे पर्यटन सचिव सुरेशमान श्रेष्ठलाई तत्कालै सोधेको थियो ।

सचिव श्रेष्ठले १९६ टनभन्दा बढी तौलको सामान बोकेर त्रिभुवन विमानस्थलमा विमान अवतरण गर्न नमिल्ने भएकाले राहत बोकेका केही विमानलाई फर्काइएको प्रधानमन्त्री कार्यालयलाई जवाफ दिएका छन् ।

भारतीय हेलिकोप्टरदेखि सरकार वाक्क
आइतबार रक्षा मन्त्रालयका अधिकारी समेतको छलफलमा नेपालमा रहेका भारतीय हेलिकोप्टरबारे विश्लेषण गरिएको थियो । नेपालमा रहेका १४ वटा भारतीय हेलिकोप्टर समस्या समाधानका लागि साधक भन्दा पनि बाधक बनिरहेको निश्कर्ष नेपाली अधिकारीहरुले निकालेका छन् ।


स्रोतले अनलाइनखबरसँग भन्यो- ‘यी हेलिकोप्टर सधैंका लागि आएका हुन् कि जस्तो गरी बसेका छन्, हामीले खटाएको ठाउँमा जाँदैनन्, नखटाएको ठाउँमा आफूखुशी जान्छन्, विमानस्थलमा ट्राफिक जाम यिनैले गराएका हुन् ।’

नागरिक उड्डयन स्रोतका अनुसार भारतबाट ल्याइएका १४ मध्ये ६ वटा काठमाडौंमा छन् भने पोखरा विमानस्थलमा ८ वटा हेृलिकोप्टर छन् । तर, गोरखामा समेत उद्दार गर्ने भनेर पोखरा लगिएका ती भारतीय हेलिकोप्टरहरुले गोरखाको निशेषधित गणेश हिमाल एरियामा जानुबाहेक जिल्ला प्रशासनको संयोजनमा कुनै काम गरेका छैनन् ।

सरकारका एक उच्च अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार ८ वटा हेलिकोप्टर लिएर पोखरामा बसेका भारतीयहरु प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्नु त के उनीहरुलाई सोधीखोजी सम्म गर्दैनन् ।

क्षेत्रीय प्रशासक र जिल्लाका सिडियोवीच आपसी समन्वय नहुँदा त्यसको फाइदा भारतीयले उठाएको निश्कर्ष नेपाल सरकारका अधिकारीहरुले निकालेका छन् ।

पोखरामा ८ वटा भारतीय हेलिकोप्टर रहे पनि गोरखामा शनिबारसम्म एउटा सानो नेपाली हेलिकोप्टरले बिरामी र राहत ओसार्ने काम गरिरहेको छ ।

नेपालसँग निजी क्षेत्रका ६ र सरकारी ६ गरी १२ वटा हेलिकोप्टर छन् । तीमध्ये नेपाली सेनाको सुपर ट्रक हेलिकोप्टर रेनवे विना उडान र अवतरण हुन नसक्ने भएकाले यो हेलिकोप्टर तेल भर्ने काममा मात्र प्रयोग गरिँदै आएको छ । बाँकी हेलिकोप्टर पनि साना भएकाले उद्दारमा कठिनाइ हुने गरेको छ ।

‘आइतबार मात्रै नेपाली सेनाको पुमा हेलिकोप्टर गोरखामा पुगेको छ’ स्रोत भन्छ- ‘एनआरएनका प्रतिनिधिले सोही हेलिकोप्टर प्रयोग गरेर आइतबार लमजुङमा राहत पुर्‍याएका छना्, तर ८ वटा भारतीय हेलिकोप्टर पोखरामा के गर्दैछन््, स्थानीय प्रशासनलाई जानकारी छैन ।’

गोरखा लगिएको नेपाली सेनाको पुमा हेलिकोप्टर शनिबार केहीबेर काठमाडौंमा ग्राउण्डेड भएको थियो ।
स्रोतका अनुसार पोखरामा भारतीय सेनाको सीमा सुरक्षा बल एसएसबी टुकडी पनि आएको छ । तर, स्थानीय प्रशासनसँग कुनै संयोजन छैन ।

नेपालमा भूकम्प आएपछि १४ वटा हेलिकोप्टरमा मात्रै होइन, महेन्द्रनगर, भैरहवा लगायतका नाकाबाटसमेत भारतीय सीमा सुरक्षा बलका जवानहरु दर्जनौं बसहरु लिएर छिरेका छन् । तर, उनीहरुको गतिविधिबारे स्थानीय प्रशासनसँग कुनै समन्वय र सूचना नभएको स्थानीय अधिकारीले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेको स्रोतले बतायो ।

सहयोगका नाममा राजनीति
नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भूकम्पको उद्दारमा सहयोग गर्न आएको टोलीमाथि कुनै शंका नगर्न र सहयोगलाई राजनीतिकरण नगर्न भनेका छन् ।

तर, नेपाल सरकारका एक अधिकारीले अनलाइनखबरसँग भने,’ मन्त्रीहरुले बोल्नु पर्ने हो, उनीहरु बोल्दैनन्, सहयोगका लागि आएको भनिएको भारतको भूमिका द्वैध देखिएको छ । स्थानीय प्रशासनलाई हेप्दै निषेधित क्षेत्रमा प्रवेश गरेर उनीहरुले सूचना लिने काम गरिरहेका छन् । हामी पीडामा परेका मौका पारेर खेलवाड गरिएको छ ।’

चीनबाट भोलि विहान हेलिकोप्टर आउने
यसैवीच भूकम्प पीडितको उद्दारका लागि चीनबाट सोमबार विहान पौने ७ बजे हेलिकोप्टर नेपाल आउने भएको छ ।

काम नभएका विदेशीलाई फर्कन आग्रह
नेपाल सरकारले जिल्ला जिल्लामा गएर स्थानीय प्रशासनसँग समन्वय गरी नेपाल सरकारले खाएको ठाउँमा काम नगर्ने विदेशी टोलीलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

‘विभिन्न १७० वटा आइएनजीओहरुले नेपालमा काम गर्न खोजे पनि उनीहरुले आफ्नै तालमा काम गर्न खोजेको देखियो,’ समाज कल्याण मन्त्रालय स्रोत भन्छ- केही आइएनजीओहरुले यही मौकामा नेपालमा अड्डा जमाउने र क्रिश्चियन धर्म प्रचारमा काम गर्ने योजना बनाएको समेत बुझियो ।’

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए
भारतले विमानस्थल ‘होल्ड’ गरेको अमेरिकी गुनासो, ४ अमेरिकी विमान काठमाडौं अोर्लिए
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJfa-CrCqo6_dPuuFVQlG3Hhh_JRhYnAaN0MdSCYySeqZL91QG_kTjGh23rVBZWHMu-etTkKmtCPp_fkm3aQpd2llWaWa737MzfynoZRjvviYNmdgib06eOSdOoxGR7KxsF9iHgswIdZ5Y/s1600/US-AIRFORCE-in-Kathmandu.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJfa-CrCqo6_dPuuFVQlG3Hhh_JRhYnAaN0MdSCYySeqZL91QG_kTjGh23rVBZWHMu-etTkKmtCPp_fkm3aQpd2llWaWa737MzfynoZRjvviYNmdgib06eOSdOoxGR7KxsF9iHgswIdZ5Y/s72-c/US-AIRFORCE-in-Kathmandu.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_408.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_408.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago