Archive Pages Design$type=blogging

डिप्रेसन र मुटुका बिरामीलाई भूकम्पको असर

काठमाडौं, वैशाख १९ यस्ता छन् भूकम्पले निम्त्याउने स्वास्थ्य समस्या- भूकम्पमा ज्यान गुमाउने मानिसमध्ये अधिकांशको भौतिक संरचनाले किचिएर मृत्यु...

काठमाडौं, वैशाख १९
यस्ता छन् भूकम्पले निम्त्याउने स्वास्थ्य समस्या-
भूकम्पमा ज्यान गुमाउने मानिसमध्ये अधिकांशको भौतिक संरचनाले किचिएर मृत्यु हुन्छ । भूकम्पका कारण मानिसको तत्कालै ज्यान जाने घटना एकातर्फ हुन्छ भने अझ भयावह जोखिमचाहिँ भूकम्पपछि देखा पर्ने स्वास्थ्य समस्याले निम्त्याउन सक्छ । 

भुइँचालोमा शारीरिकरुपमा घाइते वा जोखिमपूर्ण अवस्थामा नपुगेका अर्थात् सद्दे मानिसहरुमा समेत भूकम्पछि विभिन्नखाले स्वास्थ्य समस्या देखिने गरेको र त्यसले ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको विश्वका अनुभवहरुले देखाएका छन् ।



हृदयाघात र मुटु सम्बन्धी समस्या
गि्रसमा सन् १९८१ मा गएको भुइँचालोमा धेरैको ज्यान गयो । तर, बाँचेका मानिसहरु मर्ने क्रम भूकम्पको तेश्रो दिनसम्म निकै तिब्र गतिमा बढ्यो । भूकम्पमा बाँचेका धेरै मानिसहरुको  केही दिनपछि नै हृदयाघात तथा मुटु सम्बन्धी समस्याका कारण ज्यान गएको थियो ।

विज्ञहरुका अनुसार भुइँचालोपछि मानिसहरुमा मुटुको समस्या निकै बढ्ने गरेको तथा हृदयाघातको जोखिम उच्च हुने गरेको पाइएको छ । त्यसका साथै डिप्रेसन तथा मानसिक समस्याका साथै रगत समेत बाक्लो हुने समस्या समेत भूकम्पपछि देखिने गरेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भूकम्पपछि हृदयाघातको समस्या ३५ प्रतिशतले बढेको पाइएको थियो । त्यस्तै सन् १९९५ मा जापानमा गएको भुइँचालोपछि स्थानीय प्रभावित मानिसहरु खासगरी रक्तचापको समस्या भएकाहरुमा दुई हप्तासम्म रक्तचाप निकै नै बढेको पाइएको थियो ।

गर्भ तुहिने समस्या
सन् १९८५ को सेप्टेम्बर ९ मा मेक्सिकोमा गएको भूकम्पले अर्को अनौठो समस्या सिर्जना गरेको थियो । भुइँचालोपछि गर्भवती महिलाहरुको गर्भ तुहिने, समय अगावै बच्चा जन्मिने तथा सामान्य अवस्थामा भन्दा धेरै महिलाहरु सुत्केरी हुने गरेको पाइएको थियो ।

भुइँचालोको ४ दिनपछि सम्म यस्ता समस्याहरु निकै बढेका थिए र यसको मुख्य कारक तत्वको रुपमा तनावलाई लिइयो ।

डिप्रेसन र आत्महत्या
भूकम्पीय घटनापछि प्रकोपबाट बाँचेकाहरुमा तनाव तथा मानसिक स्वास्थ्य समस्या समेत प्रमुख रुपमा पाइने गरिएको छ । विश्वमा गरिएको अध्ययन अनुसार भुकम्पको घटनामा बाँचेकामध्ये ६ देखि ७२ प्रतिशत सम्ममा डिप्रेसनको समस्या देखिने गरेको छ ।
टर्कीमा सन् १९९९ मा गएको भुकम्पमा बाँचेकामध्ये १७ प्रतिशतले त्यसको केही समयपछि आत्महत्याको प्रयास समेत गरेको पाइएको थियो ।

फोक्सोमा असर
भुइँचालोका कारण भौतिक संरचना ध्वस्त हुँदा ठूलो परिमाणमा धुलोका कणहरु हावामा फैलिएका हुन्छन् । यस्तो प्रदुषित हावा स्वास प्रस्वासका क्रममा मानिसले लिँदा त्यसले स्वास नली तथा फोक्सोमा असर पुर्‍याउँछ । वैज्ञानिकहरुका अनुसार भुइँचालोपछि स्वाशप्रश्वास सम्बन्धी समस्याहरुमा वृद्धि हुने गर्छ । साथै धुलोले आँखामा पनि समस्या उत्पन्न गराउँछ ।

संक्रामक रोगको समस्या
भूकम्पले भवनहरु क्षतिग्रस्त बनाएपछि बस्ने ठाउँको अभाव भएको तथा फेरि भूकम्प आउने त्रासमा मानिसहरु ठूलो संख्या खुल्ला स्थानमा जम्मा भएर खानपिन तथा बसोबास गर्दा त्यसले विभिन्न संक्रामक रोगको महामारी फैलिने जोखिम समेत रहने विज्ञहरु बताउँछन् ।

यद्यपि भुइँचालोले मारिएर भौतिक संरचनाभित्र पुरिएका लासहरुबाट संक्रमण फैलिने डर भने हल्ला गरिएजस्तो भयानक नरहने विश्वका विभिन्न अनुभवले देखाएका छन् । तर, भुइँचालोपछि पुरिएका लासका कारण केही ठाउँमा भने हैजा जस्तो महामारी फैलिने एकाध घटना भने भएका छन् । हैटीलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

भुइँचालोपछि विस्थापित मानिसहरुकै कारण हुने फोहोरमैला तथा अव्यवस्थित बसोबासका कारण नै विभिन्न खाले संक्रामक रोग फैलिने र त्यसले कतिपय अवस्थामा महामारीकै रुप लिन सक्छ ।

भूकम्पछि पानीका स्रोतहरु खल्बलिने, फोहोर हुने, पाइप फुटेर ढल मिसिने तथा सफा खानेकुरा तथा पानीको अभावका कारण मानिसहरुले फोहोर खानेकुरा तथा पानी खान बाध्य हुँदा तथा व्यक्तिगत सरसफाइ समेत कम हुँदा  झाडापखाला, आउँ लगायतका खाना र पानीजन्य रोगका साथै सरीरमा विभिन्नखाले संक्रमणको जोखिम बढ्ने गर्छ ।

त्यसका साथै हावाबाट सर्ने विभिन्न खाले स्वासप्रस्वासजन्य रोगको समेत संक्रमण फैलिने जोखिम हुन्छ । हैटीमा भुइँचालेपछि क्षयरोग तथा इन्फ्लुयन्जाको प्रकोप बढेको थियो ।

भुइँचालोपछि टाइफाइड, हेपाटाइटिस ए तथा हेपाटाइटिस सी जस्ता रोगको प्रकोप हैटीका फैलिएको थियो । त्यस्तै हैटीमै भुइँचालोपछि फैलिएको महामारीबाट ज्यान गुमाउने बालबालिकामध्ये १६ प्रतिशतको झाडापखालाका कारण ज्यान गएको थियो ।

खुल्ला ठाउँमा पालमुनि बस्दा लामखुट्टे लगायतका परजिवीले टोक्ने  र त्यसबाट मलेरिया, कालाजार लगायतका परजीविजन्य रोगहरुको जोखिम समेत बढ्ने गरेको देखिएको छ ।

वातावरणीय जोखिम
भुइँचालोले भत्काउने संरचनाका कारण विभिन्न खाले रसायन तथा विषाक्त पदार्थहरु वातावरणमा फैलिने र यस्ता पदार्थहरुले हावा र पानीलाई दुषित बनाएर विभिन्न खाले स्वास्थ्य समस्या निम्ताउने जोखिम समेत रहन्छ । भुइँचालोले आणविक भट्टीहरुमा क्षति पुर्‍याउँदा त्यसबाट चुहिने विकिरणले मानिसमा पार्ने भयावह स्वास्थ्य समस्याको बारेमा त सन् २०११ मा जापानमा गएको भुइँचालोको बेला थाहा पाइसकेका छौँ ।
-एजेन्सीको सहयोगमा

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: डिप्रेसन र मुटुका बिरामीलाई भूकम्पको असर
डिप्रेसन र मुटुका बिरामीलाई भूकम्पको असर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2-HVfpyF6JJg279AY3z081cE4GVktiMo59ETEUE4VLfjIsJPVgpBQYkNAbNF6ihkKQLwOG8ej0HsfpTi_EtdMzU4V5tG30J4UJWCZ6-63hHzhbxNwgZfORGrd0ld2US3P1NVQUkkBnzcw/s1600/heart.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2-HVfpyF6JJg279AY3z081cE4GVktiMo59ETEUE4VLfjIsJPVgpBQYkNAbNF6ihkKQLwOG8ej0HsfpTi_EtdMzU4V5tG30J4UJWCZ6-63hHzhbxNwgZfORGrd0ld2US3P1NVQUkkBnzcw/s72-c/heart.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_736.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_736.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago