Archive Pages Design$type=blogging

१०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार

नुवाकोट, वैशाख २०  किम्ताङ–८ का १०५ वर्षीय फन्चु घले उमेरलेसमेत अस्ताउनै लागिसके । १२ गतेको विनासकारी भूकम्पमा उनी घरभित्रै थिए र पुरिए । आफ...

नुवाकोट, वैशाख २० 
किम्ताङ–८ का १०५ वर्षीय फन्चु घले उमेरलेसमेत अस्ताउनै लागिसके । १२ गतेको विनासकारी भूकम्पमा उनी घरभित्रै थिए र पुरिए । आफन्त र गाउँलेहरुलेसमेत उनलाई ज्यूँदो देख्ने आशा मारिसकेका थिए । तर, त्यसको आठ दिनपछि कसैले विश्वास नै गर्न नसक्नेगरी वृद्ध फन्चु जीवितै भेटिए । यो उमेरमा पनि उनले फेरी नयाँ जीवन पाए । 

यस्तो कहालिलाग्दो संकटमा पनि भोकभोकै बाँचेका उनी युवा उमेरकोझैँ जोसिला र फूर्तिला देखिन्थे । शनिवार नुवाकोट प्रहरीसहितको उद्धार टोलीले ध्वस्त भएको घरभित्रबाट उनलाई १ सय ६८ घण्टापछि जीवितै रहेको अवस्थामा फेला पारेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ल्याइएका उनको अहिले जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । तर, हातगोडामा केही चोटपटकबाहेक उनको अवस्था सामान्य छ ।

‘बाँच्नुपर्नेहरु अकालमै मरे, म मर्नुपर्ने बेला भइसकेको बूढोचाहिँ अझैँ कति बाँच्नुपर्ने हो ! फन्चु आश्चर्यचकित भएर भन्दै थिए, ‘कलियूग भनेको नै यही होला है !’ बाँच्न पाएकोमा फेरी गर्व गर्दै भने, ‘मैले पुर्नजन्म पाएँ, अर्को जुनी नै फेरेजस्तो लाग्यो ।’ घरपुरै ढलेपनि आफू धेरै नथिचिएको र त्यहाँबाट निस्कने ठाउँ पनि नभएको उनले बताए । ‘सास फेर्न हावा कतैतिरबाट आउँथ्यो, फन्चुले पुरिएर बस्नुपर्दाको कहानी सुनाउँदै भने, ‘भान्छा छेउमै थिएँ, अलिकति पिठो र पानी थियो खाएर बाँचे ।

’ पिठो छउन्जेल बाँचेपनि गाउँका सबै मरिसकेको ठानेका उनले कसैले झिक्न नआएपछि मरिने पक्कापक्की गरिसकेको पनि बताए । भूकम्पले बाक्लो बस्ती भएको उनको गाउँ किम्ताङमा मात्रै २७ जनाभन्दा बढीको ज्यान लियो । वस्तीभरिका घरहरु तासझैँ ढलेर माटोमा मिलेका थिए । ज्यान जोगाउन भागेकाहरु टाढा नाङ्गा पाखातिर पुगे । नसक्ने वृद्धवृद्धा र वालवालिका अनि पशूचौपायहरु पुरिए । समयमै राज्यबाट उद्धार पाएको भए बाँच्नसक्ने परिवारका सदस्य र छिमेकी गाउँलेहरुकोसमेत उद्धार हुन नसकेकै कारण मृत्यु हुनपुग्यो । 

यही अवस्थाकाबीच फन्चुलाई जीवित या मृत जे भएतापनि धेरैदिनसम्म उद्धार गर्ने कोही आएनन् । गाउँका धेरै घरमा शव पुरिएको आशंकामा आठौँ दिनपछि प्रहरी र गाउँलेहरुसहितले उत्खनन् गरे । अन्ततः सबैलाई अचम्मित पार्दै उनी जीवितै फेला परे । प्रहरीले समयमै जानकारी नपाएकोले तत्काल उद्धार गर्न नपाएको बताउँदै नुवाकोटका डिएसपी अरुण पौडेलले खुसी व्यक्त गर्दै भने, ‘ढिलै भएपनि प्रहरीको यो ठूलै सफलता हो ।’

१९९० सालमा गएको विनासकारी भूकम्पका बेला फन्चु २४ वर्षे लक्काजवान ठिटो थिए । उबेला उनले भूकम्पको असर राम्रैसँग भोगेको अनुभव पनि सुनाउँदै थिए । ‘त्यतिखेरको भन्दा अहिले ठूलो आयो भुँइचालो । फन्चु उहिलेको र अहिलेको भूकम्पको प्रभावलाई तुलनात्मक रुपमा जोख्दै भन्छन्, ‘९० सालमा भुइँचालो आउँदा म घरभित्रै सुतेको थिएँ । गाउँमा कोही पनि मान्छे मरेका थिएनन्, तर अहिले कत्ति मरे कत्ति । आम्मै नि ! मेरो त सात्तो नै गयो ।’ 


रसुवामा पहिरोबाट ९८ घन्टापछि उद्धार 
रसुवामा एक युवाको ९८ घन्टापछि उद्धार गरिएको छ । टाउकोमा लागेको चोटमा किरा परिसकेको अवस्थामा उनको उद्धार भएको हो । भूकम्पपछि आएको पहिरोले रसुवाको मैलुङमा पुरिएका विदुर नपा–११ त्रिशूली बजारका ३७ वर्षीय शिव श्रेष्ठको चार दिनपछि उद्धार गरिएको थियो । 

शनिबार बिदा मनाउन त्रिशूलीबाट गएको १४ जनाको समूहमध्ये ११ जना पहिरोमा परी बेपत्ता भएका थिए । सो समूहका दुई बालबालिका र एक महिला गरी तीनजना पहिरोबाट जोगिएका थिए । आफन्तको खोजी गर्न पुगेका सीताराम विश्वकर्माले श्रेष्ठलाई जीवितै भेटेपछि जिल्लास्थित उद्धार टोलीलाई खबर गरेका थिए । घाइते श्रेष्ठको ढुंगाले टाउको र शरीरभर चोटपटक लागेको छ । 

पहिरोभित्र आफू लामो समयसम्म हिलोमा जमेको पानी खाएर बाँचेको श्रेष्ठले बताए । पहिरोभित्र पुरिएका श्रेष्ठलाई उद्धार गरिएपछि उनी आफँैले साथीभाइसँग नयाँ जीवन पाएको प्रतिक्रिया दिएका थिए । पहिलोमा उनीसँगै परेर घाइते भएका उनका छोराको भने तीन दिनपछि ज्यान गएको छ । घाइते श्रेष्ठको राजधानीको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 


नुवाकोटमा ७ सय ६९ जनाको मृत्यु 
यसैबीच, नुवाकोटमा भूकम्पमा परि हालसम्म ७ सय ६९ जनाले ज्यान गुमाइसकेका छन् । घाइतेहरु १ हजार ५ सयको हाराहारीमा छन् भने उनीहरुको हाल जिल्ला अस्पताल र काठमाण्डौंमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार मृत्यु हुनेहरुको संख्या अझैँ बढ्न सक्ने बताए । जिल्लाका धेरै गाउँहरुमा शवहरु पुरिएको हुँदा उत्खनन् गर्ने कार्य जारी रहेको उनले जानकारी दिए । 

त्यसैगरि सरकारले जिल्लाका धेरै स्थानमा राहत पु¥याउन नसक्दा समस्या बढ्दै गएको छ । जिल्लामा आइपुगेको राहत पनि सिमित भएकोले प्रभावकारी रुपमा त्यसको वितरण हुन सकेको छैन । यद्यपी, चार करोड रुपैयाँ राहत रकम भने ७ हजारको दरले केही गाविसमा वितरण गरिसकेको छ । खुला आकाशमुनी बसिरहेका भूकम्पपिडित नागरिकहरुले आफूहरुको पहिलो आवश्यकता पाल भएको बताउँदै उपलब्ध गराइदिन माग गरिरहेका छन् । 

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: १०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार
१०५ वर्षीय वृद्धको ८ दिनपछि जीवितै उद्धार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiB9V8uz5gUxgQ2dJ-5MMR5oKLMMwfEvNiUO00peD4lTkjF9w_WCq2MpzMVquy6L3Z0dDDBu1DzLUuNcsQlddg9x3XI-cD4IOWZrdyz3Ql0wR5T4v-perq0vd_PfVz0ypcHvqG4iC-4Rjos/s1600/nuwakot-3.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiB9V8uz5gUxgQ2dJ-5MMR5oKLMMwfEvNiUO00peD4lTkjF9w_WCq2MpzMVquy6L3Z0dDDBu1DzLUuNcsQlddg9x3XI-cD4IOWZrdyz3Ql0wR5T4v-perq0vd_PfVz0ypcHvqG4iC-4Rjos/s72-c/nuwakot-3.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_927.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_927.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago