Archive Pages Design$type=blogging

भूकम्प प्रभावितलाई १५ करोड सहयोग गर्ने उपेन्द्र महतोको घोषणा

काठमाडौं, वैशाख १९ गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प प्रभावितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरे...

काठमाडौं, वैशाख १९

गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प प्रभावितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आमाको नाममा स्थापित फुलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत समाग्री वितरण र विद्यालय पुनर्निर्माणमा खर्च गर्ने महतोले बताएका छन् । १५ करोड मध्ये तीन करोड रुपैयाँको राहत सामाग्री भूकम्प पीडितलाई वितरण गर्ने भएका छन् भने १२ करोड रुपैयाँ भत्किएका विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्नेछन् ।



पीडित परिवारको तत्कालको आवश्यकता पुरा गर्नेगरी ६ जनासम्म अटाउने फेमिली टेन्ट, २/२ वटा तन्ना, म्यार्टेस, कम्बल, तकिया, तौलिया, रेनकोट तथा चामल, दाल, च्यूरा, तेल, नुन, साबुन वितरण गर्ने महतोले बताएका छन् ।

राहत सामाग्री कुन ठाउँमा उपलब्ध गराउने भन्ने विषयमा महतोले केही उल्लेख गरेका छैनन् । बढी भुकम्प प्रभावित ठाउँमा सरोकारवालसँग सल्लाह गरेर राहत वितरण गर्ने उनको भनाइ छ ।

सबैभन्दा बढी भुकम्प प्रभावित जिल्लाका अत्याधिक क्षतिग्रस्त विभिन्न स्थानमा १२ करोडको लागतमा भुकम्प प्रतिरोधी स्कुल भवनहरुको पुनरनिर्माण गर्ने बताइएको छ । नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरी निर्माण स्थलको चयन गरिने भएको छ ।

मुलुकमा परेको महाविपत्तीमा निजी क्षेत्रको सहयोगी भूमिका आवश्यक रहने बताउँदै महतोले निजी क्षेत्र मुलुकप्रतिको दायित्वबाट मुक्त हुन नसक्ने बताएका छन् ।

महतोले सबै नेपाली दाजुभाई, दिदी बहिनी तथा विदेशी शुभचिन्तकलाई आवास, स्वास्थ्य, शिक्षा लगायत भौतिका संरचनाहरुको पुनरस्थापना र पुनर्निर्माणको आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आहृवान समेत गरेका छन् ।
सबै नेपालीहरु आत्मविश्वास नगुमाई आ-आफ्नो क्षमताअनुरुप उद्दार, राहत र पुनःस्थापनामा जुटेर देशको पुनर्निर्माणमा लाग्नुपर्ने बेला आएको महतोको भनाइ छ ।

COMMENTS

Name

Albums Audio best bidesh Blog computers cool desh economy entertainment Events features Folk funny gallery Gallery game games great Headlines health Hipamp;Hop Image kala latest life Love music news pc phones PhotoGraph pictures politics Ps4 Quote slider style tablets tech technology travel Video videos vimeo world xbox youtube Znews अर्थतन्त्र गन्तब्य देश प्रवास फिचर बिज्ञान-प्रबिधि मुख्य समाचार रंगमञ्च रंगशाला राजनीति विचित्र संसार विविध विश्व समाचार स्वास्थ्य
false
ltr
item
Kantipunj: भूकम्प प्रभावितलाई १५ करोड सहयोग गर्ने उपेन्द्र महतोको घोषणा
भूकम्प प्रभावितलाई १५ करोड सहयोग गर्ने उपेन्द्र महतोको घोषणा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWlae1wu35qBSBlpxAXMzJOQXm-jnMMmBWWOC5UrGK_GWxmU9RGmz1dZ8R5CUYPC9pbXooGaqwS5xpeOJXqlzjMsRMqEzAFTqOnXFxahvlbuOQssUVCLhxypqo8YIuq2AkM4CDILdqXkK9/s1600/upendra-mahato.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWlae1wu35qBSBlpxAXMzJOQXm-jnMMmBWWOC5UrGK_GWxmU9RGmz1dZ8R5CUYPC9pbXooGaqwS5xpeOJXqlzjMsRMqEzAFTqOnXFxahvlbuOQssUVCLhxypqo8YIuq2AkM4CDILdqXkK9/s72-c/upendra-mahato.jpg
Kantipunj
https://kantipunj.blogspot.com/2015/05/blog-post_546.html
https://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/
http://kantipunj.blogspot.com/2015/05/blog-post_546.html
true
436256244088410149
UTF-8
Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago