काठमाडौं, वैशाख २० ग्राहकलाई ब्यालेन्स तथा एसएमएस प्रदान भुकम्पबाट प्रभावित टावरहरु मर्मत गरेर एनसेलले ९५ प्रतिशत टावरमार्फत मोवाइल सेवा प्...
काठमाडौं, वैशाख २०
ग्राहकलाई ब्यालेन्स तथा एसएमएस प्रदान
भुकम्पबाट प्रभावित टावरहरु मर्मत गरेर एनसेलले ९५ प्रतिशत टावरमार्फत मोवाइल सेवा प्रदान गरेको जनाएको छ । ग्राहकको आकस्मिक सञ्चार सुनिश्चित गर्न कम्पनीले शनिवार पनि व्यालेन्स कम भएका ग्राहकलाई ब्यालेन्स र एसएमएस प्रदान गरेको छ ।


यस अन्तर्गत एनसेलले शनिवार १० रुपैयाँभन्दा कम ब्यालेन्स भएका ग्राहकलाई पुनः ३० रुपैयाँ ब्यालेन्स प्रदान गरेको छ । यो ब्यालेन्स ग्राहकले कुनै पनि नेटवर्कमा कल, एसएमएस गर्न अनि डेटा चलाउन प्रयोग गर्न सक्छन् ।
साथै कम्पनीले ५० भन्दा कम एसएमएस रहेका ग्राहकलाई शनिवार पनि निःशुल्क ५० एसएमएस गर्न सक्ने सुविधा सुनिश्चित गरेको छ । एनसेलले ग्राहकलाई ब्यालेन्स नभए पनि स्काईप र भाईबरमा भ्वाइस र टेक्स्ट गर्न सकिने सुविधा पनि प्रदान गरिरहेको छ ।
‘यी आकस्मिक संचार सुविधाले हाम्रा समस्त ग्राहकलाई आˆना पि्रयजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहज बनाउने विश्वास छ’ एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले भने ।
एनसेलले शनिवार पनि विद्युत अपूर्ति नभएका ठाउँमा मोवाईल जेनरेटर प्रयोग गरेर थप मेवाईल टावर सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले तत्कालिन व्यवस्था गर्दै मोवाईल टावर बनाएर थप क्षेत्रमा सेवा सुचारू गरेको छ ।
‘यी प्रयाससँगै हाल एनसेलका करिब ९४ प्रतिशत टावरहरु सञ्चालनमा ग्राहकलाई नियमित तथा आकस्मिक सेवा प्रदान गरिरहेका छन’ एनसेलका कर्पोरेट सम्बाद विज्ञ मिलनमणि शर्माले भने ।
‘प्रकृतिको यो भयावह घटनाले ८० लाख नेपालीमा प्रत्यक्ष असर पारेको छ । अरू पनि अछुतो रहेका छैनन् । ६ हजार पाँच सय भन्दा बढीले ज्यान गुमाएका छन् र यो संख्या बढ्दो क्रममा छ । हाम्रो मन यो अपूरणीय क्षतिमा रोएको छ ।’ टाईलानलरले भने ।